आफ्नो कम्प्यूटरको ‘विण्डोज १०’ अपरेटिंग सिस्टम तत्काल अपडेट गर्न माइक्रोसफ्टको चेतावनी

Technology Khabar ३१ श्रावण २०७६, शुक्रबार

आफ्नो कम्प्यूटरको ‘विण्डोज १०’ अपरेटिंग सिस्टम तत्काल अपडेट गर्न माइक्रोसफ्टको चेतावनी

काठमाडौं ।

काठमाडौं । माइक्रोसफ्टले विण्डोज १० यूजर्सलाई आफ्नो अपरेटिंग सिस्टम तत्काल अपडेट गर्न चेतावनी जारी गरेको छ । कम्पनीले हालै दुईवटा गंभिर किसिमका जोखिमहरु देखिएको भन्दै तत्काल अपडेट गरिहाल्न भनेको हो ।

कम्पनीकाअनुसार ती जोखिमहरु संभवत वर्मवेबल हुन, जसको अर्थ यूजर्सले केहि नै नगरिकन नै कम्प्यूटरहरुमा भाइरसहरु र मालवेयरहरु फैलान सक्दछ ।

‘यहाँ विश्वभर संभवत करोडौं जोखिमयुक्त कम्प्यूटरहरु रहेका छन्,’ माइक्रोसफ्टका इन्सिडेन्ट रेस्पोन्स डाइरेक्टर सिमोन पोपले ब्लगमा भनेका छन् ।

उनकाअनुसार वर्मवेबल जोखिमहरुलाई कम गर्नका लागि प्रभावित भएका सिस्टमहरुको लागि छिटोभन्दा छिटो प्याच गरिनु महत्वपूर्ण रहेको छ ।

विण्डोज १० यूजर्स जसले अटोमेटिक अपडेटहरु गरेका छन उनीहरु भने यसअघि नै सुरक्षित भईसकेका छन् । तर जसले म्यानुअली अपडेट गर्ने गर्दछन तीनिहरुले भने विण्डोज अपडेट सर्च गरेर अपडेट टूल प्राप्त गर्नेछन् ।

यसमा विण्डोज एक्सपी भने प्रभावित भएको छैन् ।

विण्डोज १० हालसम्म ८० करोड डिभाइसहरुमा विण्डोज १० प्रयोग भएको अनुमान गरिएको छ । एजेन्सी

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ३१ श्रावण २०७६, शुक्रबार

ताजा समाचार