पेटेन्ट अनुमतिमा सामसंगले एप्पललाई जित्यो, टेक्नोलोजीसँग सम्बन्धित सबैभन्दा धेरै पेटेन्ट दर्ता

Technology Khabar ३१ श्रावण २०७६, शुक्रबार

पेटेन्ट अनुमतिमा सामसंगले एप्पललाई जित्यो, टेक्नोलोजीसँग सम्बन्धित सबैभन्दा धेरै पेटेन्ट दर्ता

काठमाडौं । दक्षिण कोरियाली टेक कम्पनी सामसंगले पेटेन्टहरुको दर्तामा अमेरिकी टेक कम्पनी एप्पललाई जितेको छ । अमेरिकामा दर्ता गरिएको पेटेन्टहरुको आधारमा हेर्दा एप्पललाई सामसंगले पेटेन्ट दर्तामा निकै पछाडि पारेको छ ।

सन् २०१८ मा एप्पलले २ हजार पेटेन्टहरु दर्ता गरेर १० औं अमेरिकी कम्पनीको रुपमा स्थान हासिल गरेको छ ।

तर इन्टेलेक्चूअल प्रपर्टि दर्ता गर्ने दुई संस्थाहरुले भने केहि सामान्य फरक तथ्यांक पेश गरेका छन् ।

इन्टेलेक्चूअल प्रपर्टि ओनर्स (आईपीओ) एसोसिएसनकाअनुसार एप्पलले सन् २०१८ मा यूएस पेटेन्ट एण्ड ट्रेडमार्क अफिसमा दर्ता गरेर हासिल गरेको पेटेन्टको संख्या २,१४७ रहेको छ ।

यसैबिच पेटेन्ट डाटा उपलब्ध गराउने अर्को संस्था आईएफआईकाअनुसार एप्पलले सो अवधिमा २,१६० वटा पेटेन्ट दर्ता गरेको छ ।
यसैबिच आईपीओले गरेको र्याकिंगअनुसार सामसंग इलेक्ट्रोनिक्स कम्पनी लिमिटेड दोस्रो स्थानमा छ भने एप्पल निकै पछाडि ११ औं स्थानमा रहेको देखिन्छ ।

सो श्रेणीको पहिलो स्थानमा इन्टरनेशनल बिजनेस मसिन्स कर्प(आईबिएम) रहेको छ भने दोस्रो स्थानमा सामसंग तथा तेस्रो स्थानमा क्यानन के के कम्पनी रहेको छ । त्यसैगरि चौथो स्थानमा जनरल इलेक्ट्रिक कम्पनी तथा पाँचौं स्थानमा इन्टेल कर्प, छैटौं स्थानमा अल्फाबेट इंक, सातौं स्थानमा एलजी इलेक्ट्रोनिक्स इंक, आठौं स्थानमा ताइवान सेमीकन्डक्टर म्यानुफ्याक्चरिंग कम्पनी लिमिटेड, नवौं स्थाानमा माइक्रोसफ्ट कर्प, र १० औं स्थानमा क्वालकम इंक रहेको छ ।

एप्पलले सन् २०१८ मा पाएको पेटेन्ट अधिकार अघिल्लो वर्षको तुलनामा करिब ३ प्रतिशतले कम हो ।

पेटेन्ट दर्ताको क्रममा मुख्य कम्पनीहरुले पेटेन्ट दर्ता नगरी सहायक कम्पनीहरुले नै पेटेन्ट दर्ता गर्ने तर मूख्य कम्पनीहरुको नाममा राख्ने गरिन्छ । जसले गर्दा केहि पेटेन्टहरुको नाम र संख्या कम्पनीको आधारमा तलमाथि हुने गर्दछ ।

सन् २०१८ मा पेटेन्टको लागि आवेदन दिने संख्या बढेको छ । आवेदन दिने र पेटेन्टको अनुमति दिने अवधिमा करिब १ देखि २ वर्षको फरक हुने बताईएको छ जसले गर्दा २०१९ र २०२० मा पेटेन्टको संख्या बढ्ने अनुमान छ । सन् २०१८ मा कुल ३०७७५९ वटा पेटेन्टहरु प्रदान गरिएको थियो ।

पेटेन्ट लिएका मध्ये मूख्य पेटेन्ट क्याटोगरीमा सबै टेक्नोलोजीको लागि पेटेन्ट थिए ।

१ इलेक्ट्रिकल डिजिटल डाटा प्रोसेसिंग
२ ट्रान्समिसन अफ डिजिटल इन्फर्मेशन
३ सेमिकण्डक्टर डिभाइसेज, वायरलेस कम्यूनिकेसन नेटवर्कस
४ पिक्चोरियल कम्यूनिकेसन

यसबाहेक मेडिकलका साथै अप्टिकल सिस्टम्स र ट्रान्सपोर्टमा धेरै पेटेन्ट प्रदान गरिएका छन् ।

प्रकाशित: ३१ श्रावण २०७६, शुक्रबार

Comments are closed.

Loading...