स्मार्टफोन मेकर वनप्लसले आफ्नै ब्राण्डमा टिभी ल्याउँदै, आधिकारिकरुपमा ‘वनप्लस टिभी’ भनिने

काठमाडौं । स्मार्टफोन मेकर कम्पनी वनप्लसले एक वर्ष अगाडि नै कम्पनीले टेलिभिजन सेगमेन्टमा जाने जानकारी दिएको थियो । कम्पनीले टिभी सेगमेन्ट बजारमा ल्याउने तयारीका बिच हाल पहिलो टिभी २०१९ मा नै लन्च गर्ने घोषणा गरेको छ ।

चिनियाँ स्मार्टफोन मेकर वनप्लसले आफ्नो पहिलो आउन लागेको टिभीको मोडल नाम पनि जारी गरेका छ ।

कम्पनीले आफ्नो फोरममा एक पोस्ट गर्दै यो जानकारी दिएको छ, र पहिलो टिभीको नाम वनप्लस टिभी हुने बताएको छ ।
कम्पनीले प्रोडक्ट लाइनको लोगो पनि जारी गरेको छ ।

वनप्लसले करिब १ वर्ष आफ्ना फ्यानहरुका बिचमा गरेको प्रतिस्पर्धाबाट कम्पनीले टिभीको लागि नाम लिएको हो । कम्पनीले आफ्जो टिभी सेगमेन्टलाई वनप्लस टिभी नामाकरण गरेको छ । कम्पनीकाअनुसार यो नाम सरल भएको र यसले कम्पनीको मूल्य मान्यतालाई अझ राम्रोसँग प्रस्तुत गर्न सक्ने उल्लेख गरेको छ ।

यसैबिच आएको एक अर्को रिपोर्टअनुसार भारतीय मोबाइल क्यारियर जियोले आफ्ना एप्सलाई वनप्लस टिभीका साथ परीक्षण गरिरहेको छ ।

कम्पनीले वनप्लस टिभी आगामी २६ सेप्टेम्बरभित्रै हुने अनुमान गरिएको छ भने भारतमा विशेषरुपमा ४३ इन्चको स्क्रीन साइजमा बजारमा ल्याउने छ । यसबाहेक अन्य बजारहरुमा पनि वनप्लस टिभी उपलब्ध गराईनेछ । एजेन्सी