फेरी बिक्री भयो ब्लग साइट टम्बलर, वर्डप्रेस डटकमको प्यारेन्ट कम्पनी अटोम्याटिकले किन्यो

Technology Khabar ३१ श्रावण २०७६, शुक्रबार

फेरी बिक्री भयो ब्लग साइट टम्बलर, वर्डप्रेस डटकमको प्यारेन्ट कम्पनी अटोम्याटिकले किन्यो
NTC_Advt

काठमाडौं ।

काठमाडौं । ब्लगिंग साइट टम्बलर (Tumblr) लाई वर्डप्रेस डटकमको मूख्य कम्पनी अटोम्याटिकले किन्ने भएको छ ।

इन्टरनेटमा अनौठा ब्लगहरुको मुख्य केन्द्रमा रहँदै आएको टम्बलरलाई भेरिजोनले बिक्री गर्न लागेको जानकारी दिएको छ । तर सो बिक्री सम्झौताको बारेमा थप जानकारी भने दिईएको छैन् ।

‘टम्बलर वेबको मस्ट आईकोनिक ब्राण्डहरुमध्ये एक हो,’ अटोम्याटिकका सिईओ म्याट मूलेनवेगले स्टेटमेन्ट जारी गर्दै भने, ‘नयाँ विचारहरु, संस्कृतीहरु र अनुभवहरु सेयर गर्न अत्यावश्यक भेन्यू हो, जसले सेयर गरीएका रुचीहरुको वरिपरी बसेर लाखौं सिर्जनाहरु र कम्यूनिटी बनाउन सकिन्छ ।’

सन् २०१३ मा याहूले टम्बलरलाई १.१ बिलियन अमेरिकी डलरमा किनेको थियो जून तत्कालिनसमयको सबैभन्दा ठूलो अधिग्रहणको रुपमा लिईएको थियो । सो बेला युवा पुस्ता र अधिक आबद्ध यूजर्सहरुलाई आकर्षण गर्दै याहूको उत्थानको लागि निकै महत्वाकांक्षि भएर अधिग्रहण गरिएको थियो ।

तर २०१६ मा याहूलाई टम्बलरको अधिग्रहण गरिएको मूल्यलाई राइट डाउन गर्न बाध्य भएको थियो ।

सन् २०१७ मा भेरिजोनले याहू र टम्बलर दुबैलाई औपचारिकरुपमा अधिग्रहण गरेको थियो । तर यो वर्ष भेरिजोनले कर्मचारीहरु कटौती गर्दै आफूले कन्टेन्ट र डिजिटल विज्ञापनमा लगानीको बारेमा ध्यान दिएको थियो ।

भेरिजोन मिडियाका सिईओ गुरु गोरप्पनले टम्बलर बिक्री गर्ने डिल विचारयोग्य, सोचनिय र रणनीतिक प्रकृयाअन्तरगत भएको बताए ।एजेन्सी

प्रकाशित: ३१ श्रावण २०७६, शुक्रबार