एप्पलले नयाँ आइफोन सेप्टेम्बर १० तारिखमा लन्च गर्नसक्ने, तीन नयाँ मोडलका आइफोन आउने

काठमाडौं । एप्पलले आईओएस १३ बीटा नयाँ भर्सन डेभलपर्सका लागि रिलिज गरेको छ । जसमा कहिले एप्पलको नयाँ आइफोन लन्च हुन्छ भन्ने जानकारी दिईएको छ ।

आईएसओ १३ कोडका साथमा भएको एसेटले एप्पलको नयाँ आइफोन लन्च हुने मितिको बारेमा जानकारी दिने बताईएको छ ।

एप्पलले रिलिज गरेको आईओएस १३ को नयाँ भर्सनमा अंगेजीमा मंगलबार १० भन्ने देखिन्छ । जसको अर्थ विश्लेषकहरुले आउँदो सेप्टेम्बर १० तारिख मंगलबार भन्ने अनुमान गरेका छन् ।(हेर्नुस माथिको तस्वीर)

सो एसेस्टको नाम होल्डफररिलिज राखिएको छ जसले गर्दा सोहि दिन एप्पलले आफ्नो नयाँ डिभाइस सार्वजनिक गर्ने अनुमान गरिएको छ ।
गत वर्षको एसेटमा पनि सो समयको लन्च मिति सेप्टेम्बर १२ तारिख लेखिएको थियो र सोहि दिन कम्पनीले आफ्नो आईफोन लन्च ईभेन्ट गरेको थियो ।

नयाँ आइफोनहरुको लन्च सेप्टेम्बर १० लाई एप्पलले आफ्नो वार्षिक क्यालेण्डरमा राखेर तयारी गर्ने गर्दछ । यसअघि पनि सोहि मितिमा नयाँ आईफोनहरु आउने अनुमान गरिएको थियो ।

एप्पलले यो वर्ष आइफोन ११ सिरिजमा तीनवटा नयाँ मोडलहरु लन्च गर्ने अनुमान छ । जसमा आइफोन ११ प्रो समेत हुनेछ । यसअघिको एक्सआर मोडलहरुको फलोअपको रुपमा आइफोन ११ सिरिज आउनेछ । त्यसैगरि आइफोन ११ प्रोमा अहिलेको आइफोन एक्सआरको अपग्रेडको रुपमा ड्यूल क्यामरा सेटअपसहित आउने चर्चा रहेको छ ।

यसबाहेक कम्पनीले एप्पल वाचको अपडेट पनि लन्च गर्ने अनुमान गरिएको छ । एजेन्सी

Leave a Reply