सामसंगले एटी एण्ड टीसँग मिलेर चीप उत्पादनका लागि ५जी टेक्नोलोजी परीक्षण गर्दै

Technology Khabar ३१ श्रावण २०७६, शुक्रबार

सामसंगले एटी एण्ड टीसँग मिलेर चीप उत्पादनका लागि ५जी टेक्नोलोजी परीक्षण गर्दै

काठमाडौं ।

काठमाडौं । सामसंग इलेक्ट्रोनिक्सले एटी एण्ड टीसँगको सहकार्यमा कसरी ५जी टेक्नोलोजीले चीप निर्माणमा सहयोग गर्दछ भनेर परीक्षण गरिरहेको छ ।

कम्पनीले पाँचौं पुस्ताको वायरलेस नेटवर्कसले कनेक्सनलाई अझ बढि स्पीड बनाउन सहयोग गर्ने अपेक्षा गरेको छ । यसको लागि दुबै कम्पनीहरुले विशेषगरि चीप म्यानुफ्याक्चरींगका लागि कस्टम ५जी डिभाइस विकास गरिरहेका छन् ।

सामसंग इलेक्ट्रोनिक्स अमेरिकाका नेटवर्कस स्ट्राटेजी, बिजनेस डेभलपमेन्ट एण्ड मार्केटिंगका भाइस प्रेसिडेन्ट अलोक साहले अझै परीक्षणको चरणमा नै रहेको र त्यसको भ्यालूको बारेमा निकै आशावादी रहेको बताएका छन् ।

एटी एण्ड टीका लागि चीफ टेक्नोलोजी अफिसर एन्ड्रे फ्यूस्चले भने, ‘अहिले सामान्यतया फ्याक्ट्रीहरुमा भईरहेको वाईफाईको समस्यालाई समाधान गर्न ५जी ठूलो समाधान हुने हामीले देखिरहेका छौं।’

विज्ञहरुले ५जी प्रविधिको व्यवसायीक प्रयोग र उपलब्धता उत्पादन, यातायात र अन्य क्षेत्रहरुमा गर्न सकिन्छ जसले परिवर्तन ल्याउने विश्वास गर्दै आएका छन् । ५जीले अहिलेको ४जी जसलाई एलटिई पनि भनिन्छलाई प्रतिस्थापन गर्नेछ । ५जीमा अहिलेको फोरजीको भन्दा १०० गुणा तिब्रगतिमा डाटा आदानप्रदान गर्न सकिन्छ भने यसको तिब्रगतिका कारण कनेक्सनमा हुने ढिलाईलाई पनि घटाउँछ । जसले गर्दा अग्मेन्टेड रियालिटी र सेल्फ ड्राइभिंग कारमा प्रयोग गर्न सकिनेछ ।

५जी टेक्नोलोजी म्यानुफ्याक्चरीङ प्लान्टहरुमा कम्प्यूटर भिजन स्क्यानिंग उपकरणहरुका लागि अधिक विश्वासयोग्य कनेक्सनहरु उपलब्ध गराएर प्रडक्टको गुणस्तर मापन गर्न सकिन्छ ।

सामसंग र एटी एण्ड टीले अस्टिनमा रहेको सामसंगको चीप उत्पादन कम्पनीमा ५जी आविश्कारको लागि लाखौं डलर लगानी गरीसकेका छन् । सो फ्यासिलिटीमा हजारौं कामदारहरु चीप निर्माणमा संलग्न रहेका छन् ।

चीप निर्माणमा अधिकमात्रामा पानी र हानिकारक केमिकलहरुको प्रयोग हुने गर्दछ, जसमा ५जी प्रविधिले ती चीप फ्याक्ट्रिहरुलाई अनावश्यक फोहोर घटाउन र कामदारहरुलाई जोखिमयुक्त गतिबिधिहरुको बारेमा अलर्ट गर्न सहयोग गर्न सक्नेछ ।

पाँचौं पुस्ताको वायरलेस नेटवक्र्सले १० लाख डिभाइसहरु प्रति स्क्वायर किलोमिटरमा सपोर्ट गर्न सक्छ, जबकी हालको फोरजी एलटिईले प्रति स्क्वायर किलोमिटर १ लाख डिभाइसहरु मात्र सपोर्ट गर्न सक्छ । यसले गर्दा फ्याक्ट्रीहरुमा रियल टाइम डाटा हासिल गर्नको लागि अधिक सेन्सरहरु जडान गर्न सकिने सुविधा हुने बताईएको छ ।

स्रोत माध्यम

Global Bank
easy care

प्रकाशित: ३१ श्रावण २०७६, शुक्रबार

ताजा समाचार