सामसङ आर सिरिजका नयाँ टिभिहरु अब नेपालमा, टिभी किन्दा सामसङका स्मार्टफोन सित्तैमा

काठमाडौं । सामसङले आर सिरिज अन्तर्गत नयाँ स्मार्ट टिभिहरु बजारमा प्रस्तुत गरेको छ । यी टिभिहरुमा विभिन्न सुविधाहरु उपलब्ध रहेका छन् । पर्सनल कम्प्युटर, म्युजिक सिस्टम, होम क्लाउड, लाइभ कास्ट एवं टु वे सेयरिङ्ग जस्ता सुविधाहरु यी टिभिहरुबाट लिन सकिने कम्पनीले जानकारी दिएको छ ।

सामसङले आर सिरिजका टिभिहरुका खरिदमा सामसङको स्मार्टफोन निःशुल्क प्रदानगर्ने योजना १ हप्ताको लागि प्रस्तुत गरेको छ ।

सामसङ ७५ इन्च RU7100 को खरिदमा सामसङ ग्यालेक्सी एस१० पाउनुहुनेछ, ६५ इन्च RU7100को खरिदमा सामसङ ग्यालेक्सी ए७० स्मार्टफोन पाउनुहुनेछ, ५५ इन्च RU7100 को खरिदमा सामसङ ग्यालेक्सी ए५० पाउनुहुनेछ र ४९ तथा ४३ इन्च RU7100 को खरिदमा सामसङ ग्यालेक्सी ए३० र ए२० पाउनुहुनेछ ।

यो योजना सामसङका डिलरहरु मार्फत् नेपालभर लागू गरिएको कुरा प्रेस विज्ञप्तिमा जानकारी गराइएको छ ।

हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापार कम्पनी लि. द्वारा आफ्ना आधिकारीक डिलर नेटवर्कमार्फत् अगस्ट १५ तारिख देखि २२ तारिख सम्म यो योजना लागू गरिएको छ ।

आकर्षक सुविधायुक्त नयाँ स्मार्ट टिभिहरुको पिक्चर क्वालिटि उत्कृष्ट रहेकोछ । अल्ट्रा पिक्स प्रविधियुक्त अल्ट्रा हाई डेफिनिशन फोरके टिभि जीवन्त कलर, कन्स्ट्रास्ट लेभल जस्ता कुराहरुले अझै उच्चस्तरीय बनाईदिएको छ । आर सिरिजले नयाँ अनुभव प्रदान गर्नेछ, यसले टिभिलाई ल्यापटप जस्तै वा पर्सनल कम्प्युटरको जस्तै अनुभव प्रदान गर्दछ ।

यस टिभिमा ल्यापटप जस्तै माइक्रोसफ्ट अफिस ३६५ को सेवा पनि रहेको छ । आर सिरिजले साँगीतिक अनुभवको जीवन्तता प्रदान गरी भच्र्यूृयल म्युजिक सिस्टमको अनुभव पनि प्रदान गर्दछ साथै यसले स्मार्टफोनमा भएका फोटोहरुलाई स्वतः टिभिमा ट्रान्स्फर गर्ने सुविधा प्रदान गर्दछ । यसमा आफ्ना विषय वस्तुहरुलाई ठूलो स्क्रिनमा हेर्ने सुविधा पनि प्राप्त हुन्छ । त्यसै गरी लाइभ कास्ट सुविधाले आफू जहाँभए पनि आफ्नो स्मार्ट टिभिमा लाइभ आउन सक्ने सुविधा प्रदान गर्ने कम्पनीको दाबी छ ।