एप्पलले आइफोनको तीनवटा नयाँ मोडल ल्याउने, यस्तो छ नयाँ आइफोनको नाम र फीचरहरु

Technology Khabar ३० श्रावण २०७६, बिहीबार

एप्पलले आइफोनको तीनवटा नयाँ मोडल ल्याउने, यस्तो छ नयाँ आइफोनको नाम र फीचरहरु

काठमाडौं ।

काठमाडौं । एप्पलले आफ्नो नयाँ आइफोन यहि सेप्टेम्बरमा गर्ने तयारी गरिरहँदा नयाँ आफ्नको बारेमा विभिन्न जानकारीहरु सार्वजनिक हुने क्रम बढ्दो छ ।

हालै नयाँ आइफोनहरुको नाम के हुन्छ भन्ने रिपोर्टहरु बाहिर आएका छन् भने कस्तो कलर अप्सनमा आउँछ भन्ने जानकारीहरु आउँदैछन् ।

आइफोन एक्सपछि नयाँ आइफोनको नाम के होला भन्ने सबैको उत्सुकता रहेको बेला आइफोनको केस निर्माता कम्पनीमध्येको एक ईएसआरले केसहरुको लिस्ट सार्वजनिक गरेको छ । सो लिस्टअनुसार तीनवटा आइफोन मोडलहरु देखिन्छन् । जसलाई आइफोन ११, आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्स नाम दिईएको देखिन्छ ।

एप्पलले ल्याउने बेसिक मोडलको नाम आइफोन ११ रहेको छ, जसको स्क्रीन साइज ६.१ इन्चको रहेको छ । त्यस्तै अर्को आइफोन ११ प्रो मोडल रहेको छ जसको स्क्रीन साइज ५.८ हुनेछ भने सबैभन्दा महंगो ठूलो साइजको आइफोनको नाम आइफोन ११ प्रो म्याक्स हुनेछ जसमा ६.५ इन्चको स्क्रीन राखिने बताईएको छ ।

यी मध्ये आइफोन प्रो मोडलहरुले भने एप्पल पेन्सिल कम्याटिबल हुनेछन् । पेन्सिल एप्पलले यसअघि नै आइप्याड प्रोमा प्रयोग गर्नेगरि सार्वजनिक गरिरहेको छ ।

यसमध्ये म्याक्स मोडललाई विशेष मानिएको छ जसलाई गत वर्ष प्लस नामले परिवर्तन गरिएको थियो ।

यी तीनवटै मोडलका स्क्रीन साइज हेर्ने हो भने यी सबै अघिल्लो वर्ष आएका आइफोन एक्सएस, एक्सआर र एक्सएसम्याक्ससँग मिल्दछ।
यो वर्ष आउने आइफोनहरुमा रियर क्यामरा सेटअपको डिजाइन परिवर्तन हुने चर्चा आईरहँदा केसको डिजाइन पनि सोहि प्रकारको रहेको देखिन्छ । जसमा स्क्वायर डिजाइन रहेको छ । आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्स मोडलमा ट्रिपल रियर क्यामरा सेटअप हुनेछ भने सस्तो मोडल भनिएको आइफोन ११ मा भने ड्यूल क्यामरा सेटअप हुने बताईएको छ ।

यसबाहेक नयाँ आइफोनको कलर अप्सनको बारेमा पनि नयाँ जानकारी आएको छ । आइफोन ओरिजिलन ३ कलर अप्सनमा आउनेछ भने यसमा ग्लास ब्याकका साथमा मेट टेक्चर हुने बताईएको छ । आइफोन ११ प्रो म्याक्स ब्ल्याक, ह्वाईट, गोल्ड कलर अप्सनसहित नयाँ कलर डार्क ग्रीन कलरमा पनि उपलब्ध हुने बताईएको छ ।

नयाँ आइफोनहरुमा कम्पनीले ए१३ चीपसेट प्रयोग गर्नेछ भने यूएसबी केबलसहित आउने छ । आइफोनको ठूलो मोडलमा एप्पलले ३९६९ एमएएचको ब्याट्री प्याकका साथमा पुरानै ५ भोल्टको चार्जिंग हेड र लाइटिंग पोर्ट दिनेछ । एजेन्सी

easy care

प्रकाशित: ३० श्रावण २०७६, बिहीबार

ताजा समाचार