जनरल इन्स्योरेन्स कम्पनी नेपालको प्रथम साधारण सभा सम्पन्न

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि. को प्रथम बार्षिक साधारण सभा काठमाडौमा यहि साउन २९ गते सम्पन्न भएको छ ।

कम्पनीले आ.ब. २०७४/०७५ को करिब २४ कार्यदिनमा कम्पनीले १९३ बीमालेख जारी गरि रु. ३१,६९,८९१।४० बीमाशुल्क संकलन गर्न सफल भएका छ । सो अनुरुप आ.व. २०७५/०७६ मा कम्पनीले जम्मा ३१,२१७ बीमालेख जारी गरि रु. ३३,२४६१,४१२३/– बीमा शुल्क संकलन गर्न सफल भएको छ ।

आ.व. २०७५/०७६ मा जम्मा दाबी संख्या ७३८ परेको मध्ये जम्मा दाबी संख्या ५०८ को रकम रु. ४३,७५,०००/– भुक्तान गरि सकिएको छ ।
कम्पनीको बार्षिक साधारण सभाको निर्णय बमोजिम कम्पनीको जारी पुँजी अन्तर्गत सर्वसाधारण समुहका लागि छुट्याइएको ३० प्रतिशतकादरले हुने जम्मा ३०,००,००,०००/– (तीस करोड) को शेयर संख्या ३०,००,००० कित्ता शेयर आईपिओ सर्वसाधारण समक्ष निष्कासन गरिने कम्पनीले जानकारी दिएको छ ।

सो साधारण सभावाट सर्वसम्मतिमा संचालकहरुमा कुनाल कयाल, लक्ष्मी प्रसाद श्रेष्ठ, कृष्ण बोहरा र दिपेन्द्र अग्रवाल निर्वाचित भएका छन् ।

कम्पनीद्धारा हाल सम्पत्ति, सामुन्द्रिक, मोटर, इन्जिनियरिङ्ग, स्वास्थ्य, कृषि, पशुपंछी तथा विविध बीमाको सेवा प्रदान गर्दै आईरहेको छ ।
हाल कम्पनीद्धारा केन्द्र्रिय कार्यालय र ३८ वटा शाखा तथा १० वटा उपशाखा कार्यालयहरुबाट जम्मा १६२ कर्मचारीहरुद्धारा सेवा प्रदान गर्दै आईरहेको जनाएको छ ।