प्रतिकात्मक

एप्पल म्याकबुक प्रोका केहि मोडल हवाईयात्रामा लान प्रतिबन्ध, ब्याट्री तात्ने र आगो लाग्ने समस्या देखियो

काठमाडौं । अमेरिकी एयरलाइन्सको सुरक्षा नियमनकारी निकायहरुले एप्पलको म्याकबुक प्रोको केहि मोडलहरुलाई हवाई यात्रामा लान प्रतिबन्ध लगाएका छन् ।

एप्पल इंकले हालै केहि म्याकबुक प्रो ल्यापटपहरुको यूनिटमा ब्याट्री समस्या देखिएको र त्यसले आगो लाग्नसक्ने बताएसँगै एयरलाइन्स सेफ्टी रेगूलेटरहरुले सो प्रतिबन्ध लगाएका हुन् ।

अमेरिकाको फेडेरल एभिएसन एडमिनिस्ट्रेसनले सूचना जारी गर्दै केहि एप्पल म्याकबुक प्रो ल्यापटपहरुमा ब्याट्री समस्याका कारण फिर्ता गरिएको विषयमा जानकार रहेको उल्लेख गरेको छ । सो संस्थाले यूएसका मूख्य एयरलाइन्सहरुललाई सो ल्यापटप फिर्ताको बारेमा अलर्ट गराएको छ ।

नियमनकारी निकायले एयरलाइन्सहरुले ब्याट्री रिकल गरिएका वस्तुहरुको लागि राखिएको निर्देशनहरुको बारेमा रहेको २०१६ सेफ्टी इन्सट्रक्सन्सलाई पालना गर्न समेत सम्झाएको छ । यसको अर्थ सो समस्या भएका एप्पलका ल्यापटपहरु फ्लाईटमा यात्रुहरुले ह्याण्ड क्यारीको रुपमा लान पाईनेछैन भने कार्गोको रुपमा पनि ओसारपसार हुनेछैन् ।

यसैगरि यूरोपियन यूनियन एभिएसन सेफ्टी एजेन्सीले पनि ती म्याकबुक प्रोका मोडलहरुको बारेमा यहि महिना चेतावनी जारी गरेको थियो, जसमा एयरलाइन्सहरुलाई त्यस्ता लिथियम आयोन ब्याट्रीमा समस्या भएका आवश्यक डिभाइसहरुका लागि २०१७ को नियमहरु पालना गर्न भनेको थियो । सो नियममा त्यस्ता डिभाइसहरुलाई पूर्णरुपमा स्वीच अफ गरिएको हुनुपर्नेछ भने उडानअवधिभर प्रयोग गर्न पाईनेछैन् ।

एप्पलका ल्यापटपहरु जसमा समस्या आएका छन ती केहि १५ इन्चका म्याकबुक प्रोहरु जून सेप्टेम्बर २०१५ देखि फेब्रुअरी २०१७ को बिचमा बिक्री गरिएका थिए । एप्पलले ती समस्यायुक्त ल्यापटपहरुलाई यहि जूनमा फिर्ताको लागि भनेको थियो । एप्पलले सिमिति नम्बर भएका पुराना जेनेरेशनका १५ इन्च म्याकबुक प्रो यूनिटहरुमा समस्या देखिएको र ब्याट्री अधिक तात्ने र सुरक्षाको दृष्टिले आगो लाग्नसक्ने उल्लेख गरेको थियो ।

यो साता अमेरिकामा कार्गो अपरेशन व्यवस्थापन गर्ने टोटल कार्गो एक्सपर्टाइजअन्तरगतका एयरलाइन्सहरुले सो प्रतिबन्धलाई लागू गरेका छन् ।

रिपोर्टअनुसार अमेरिकामा मात्र त्यस्ता समस्याभएका ४ लाख ३२ हजार म्याकबुक प्रोहरु बेचिएका थिए भने क्यानाडामा २६ हजार यूनिट बिक्री भएको थियो । यूरोप र अन्य मुलुकहरुमा त्यस्ता ब्याट्री समस्या भएका कति ल्यापटपहरु बिक्री भएका थिए भन्ने तथ्यांक आएको छैन् ।

यसअघि विश्वका धेरै मुलुकहरुमा एयरलाइन्स तथा नियमनकारी निकायहरुले सामसंगको नोट सेभेनलाई उडानमा लान तथा प्रयोग गर्न प्रतिबन्ध लगाएका थिए । नोट सेभेनमा तत्कालिन समयमा ब्याट्री पड्किने समस्या भएको थियो । एजेन्सी

माध्यम

Leave a Reply