डिजिटल माध्यमबाट ग्रामीण भेगमा वित्तीय सेवामा पहुँच पुर्याउन इसेवा र युके एड सक्षमबीच हस्ताक्षर

Technology Khabar २९ श्रावण २०७६, बुधबार

डिजिटल माध्यमबाट ग्रामीण भेगमा वित्तीय सेवामा पहुँच पुर्याउन इसेवा र युके एड सक्षमबीच हस्ताक्षर

काठमाडौं ।

काठमाडौं । इसेवा क्यास पोइन्टको तर्जुमा, विकास तथा कार्यान्वयन गर्नको लागि ईसेवा फोनपे प्रालिले युके एडको सक्षम (एक्सेस टु फाइनान्स) सँग बुधबार एक सम्झौतामा हस्ताक्षर गरेको छ ।

सम्झौतापत्रमा इसेवा फोनपेका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा तथा युके एडको सक्षमका तर्फबाट टिम लिडर निर्मल दाहालले हस्ताक्षर गरे ।

यस सम्झौता मार्फत् स्थापित गरिएका इसेवा क्यास पोइन्टले डिजिटल माध्यम मार्फत् ग्रामीण उपभोक्ताहरुलाई वित्तीय सेवाहरु प्रदान गर्नेछन् । यस परियोजनाको उद्देश्य भनेको वित्तीय सेवाहरुपमा आम नागरिकहरुको पहुँच वृद्धि गर्नुका साथै सम्पूर्ण वित्तीय सेवामा पहुँच नभएका वा कम पहुँच भएका नागरिकहरुमा नवीन डिजिटल वित्तीय सेवाहरुको पहुँच बढाउने कामको प्रवद्र्धन गर्ने हो ।

समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, ‘डिजिटल माध्यमबाट ग्रामीण भेगका बासिन्दाहरुलाई वित्तीय सेवामा पहुँच प्रदान गर्नको लागि युके एडको सक्षमसँग साझेदारी गर्न पाउँदा हामीलाई खुसी लागेको छ । हामी इसेवा क्यास पोइन्टको प्रणाली स्थापित गर्नेछौँ जसले ग्रामीण भेगमा कम सेवा पाइरहेका वा सेवा नै नपाइरहेका उपभोक्तालाई उत्कृष्ट वित्तीय समाधानहरु प्रदान गर्न सक्छन् ।’

इसेवामा २० लाख ग्राहक, ५५ हजार एजेन्ट नेटवर्क, ५४ वटा सदस्य बैंक तथा ३० हजार मर्चेन्टको सञ्जाल रहेको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २९ श्रावण २०७६, बुधबार