महालक्ष्मी लाईफ इन्स्योरेन्सको राष्ट्रिय अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड द्धारा चितवनको सौराहामा आयोजना गरिएको दुई दिने राष्ट्रिय अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ।

साउन २५ र २६ गते सम्पन्न उक्त कार्यक्रमको समुदघाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले गरेका थिए।

कम्पनीले तोकेको व्यवसायिक लक्ष्य पुरा गरेका देशभरिका ११५ जना अभिकर्ता र एजेन्सी मेनेजरहरुको सहभागिता रहेको उक्त सम्मान कार्यक्रममा व्यक्तिगत अभिकर्ता र एजेन्सी मेनेजरहरु मध्ये उत्कृष्ट १५र१५ जनालाई विशेष सम्मान गरिएको थियो ।

२०७६ आषाढ मसान्त सम्ममा कम्पनीले ४७ वटा शाखार उपशाखा र २५ करोड भन्दा वढी बीमा शुल्क संकलन गरेको जनाएको छ ।