एफवान सफ्टद्धारा भक्तपुरको स्वस्तिक कलेजमा लगानी, दक्ष जनशक्ति उत्पादनसँगै रोजगारी प्रदान गर्ने

Technology Khabar २९ श्रावण २०७६, बुधबार

एफवान सफ्टद्धारा भक्तपुरको स्वस्तिक कलेजमा लगानी, दक्ष जनशक्ति उत्पादनसँगै रोजगारी प्रदान गर्ने

काठमाडौं ।

काठमाडौं । सफ्टवेयरको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएको आइटी कम्पनी एफवान सफ्ट इन्टरनेशनलले शैक्षिक क्षेत्रमा समेत आफ्नो लगानी विस्तार गरेको छ । एफवान सफ्ट ग्रुपले भक्तपुरको ठिमीमा रहेको स्वस्तिक कलेजमा साझेदारी गर्दै लगानी विस्तार गरेको हो ।

नेपालको आइटी क्षेत्रमा एकातिर दक्ष जनशक्तिको अभाव रहेको र अर्काेतिर आइटी क्षेत्रबाट उत्पादित विद्यार्थीहरूले उपयुक्त अवसर नपाइरहेको समस्यालाई समाधान गर्न एफवान सफ्टले कलेजमा लगानी विस्तार गरेको बताईएको छ ।

बिसिए र बिएससी सिएसआइटी (BCA/BSC.CSIT) अध्ययन हुने कलेजमा एफवान सफ्टले सबै सेमेष्टरमा प्रोफेसनल आइटी टे«निङ दिनेछ । साथै हरेक सेमेष्टरमा विद्यार्थीलाई इन्ट्रनसिप गराएर दक्ष बनाइ एफवान सफ्ट गु्रपमा रोजगारी प्रदान गरिने स्वस्तिक कलेजका प्रिन्सिपल युवराज सिवाकोटीले बताए ।

आइटीसँग सम्बन्धित पढाइ हुने स्वस्तिक कलेजबाट उत्पादन हुने विद्यार्थीले एफवान सफ्ट तथा इसेवालगायतका भगिनी संस्थामा रोजगारी प्राप्त गर्नेछन् ।

एफवान सफ्ट ग्रुपका निर्देशक सुभास सापकोटाले स्वष्तिक कलेजसँगको सहकार्यले आफूहरूलाई आवश्यक पर्ने दक्ष जनशक्ति पनि उत्पादन हुने र विद्यार्थीलाई पनि रोजगारीको प्रत्याभुति हुने हुनाले कम्पनी, कलेज र विद्यार्थी सबैलाई फाइदा हुने बताए ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धतप्राप्त कलेजमा बिसिएमा ३६ र बिएससी सिएसआइटीमा ३६ गरी ७२ जनाको कोटा रहेको कम्पनीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: २९ श्रावण २०७६, बुधबार

ताजा समाचार