अपटेड समाचार

ह्वावेको ५जी मोडेम क्वालकमको ५जी मोडेमभन्दा अधिक ठूलो र कम क्षमतायुक्त, लागत पनि महंगो

काठमाडौं । ह्वावे टेक्नोलोजीले बनाएको ५जी चीपसेट अर्को प्रतिस्पर्धी कम्पनी क्वालकमको ५जी चीपसेट भन्दा कमजोर तथा महंगो भएको देखिएको छ ।

हालै अनुसन्धान गर्ने संस्था आईएचएस मार्ककीटले गरेको ५जी युक्त स्मार्टफोनहरुको अध्ययनअनुसार ह्वावेको चीपसेटको कार्यदक्षता कमजोर भएको भेटिएको हो ।

सो संस्थाले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार ह्वावेको फाईभजी चीपयुक्त स्मार्टफोन र क्वालकमको फाईभजी चीपयुक्त स्मार्टफोनहरुभन्दा कम क्षमतायुक्त र महंगो भएको भेटिएको हो ।

कम्पनीले ६ वटा स्मार्टफोनहरुको अध्ययन गरेको थियो जसलाई चीप साइटको आधारमा, सिस्टम डिजाइनको आधारमा, र मेमोरीको आधारमा गरिएको थियो ।

यी आधारहरुमा हेर्दा ह्वावेको चीप बजारमा अन्यको तुलनामा कम कार्यदक्षता भएको भेटिएको हो । जसअन्तरगत यसको डिभाइस ठूलो साइजको भएको, अधिक महंगो रहेको र उर्जा खपत अधिक गर्ने किसिमको भएको बताईएको छ ।

ह्वावेले आफ्ना फाईभजी स्मार्टफोनहरुमा आफैंले बनाएको प्रोसेसरहरु प्रयोग गरेको थियो जसमा किरिन ९८० सिस्टम अन चीप र फाईभजी/फोरजी/थ्रीजी/२जी भएका मल्टिमोडयुक्त बालोंग ५००० फाईभजी मोडेम प्रयोग गरिएको छ ।

सो मोडेमले ह्वावेको मेट २०एकसलाई अन्य स्न्पायड्रागन चीपसयुक्त डिभाइसहरुभन्दा एडभान्स बनाएको छ, तर आईएचएसकाअनुसार किरिन ९८०मा आफ्नै छुट्टै फोरजी/थ्रीजी/२जी मोडल भित्रपट्टि रहेको छ, जून फोनभित्र प्रयोगमा नरहेको र अनावश्यक रहेको छ । दुईवटा मोडेम हुँदा यसले लागत बढाएको, ब्याट्री अधिक प्रयोग भएको र पिसीबी फुटप्रिन्ट रहेको उल्लेख छ ।

त्यसैगरि स्थानको तुलनामा ह्वावेको मोडेम क्वालकमको फस्ट जेनेरेशनको एक्स५० मोडेमभन्दा ५० प्रतिशत ठूलो रहेको र मोडेमको लागि मात्र ३जीबी सर्पोटिंभ मेमोरी रहेको छ तर यसमा मिलिमिटर वेभ ५जी नेटवर्कसको लागि भने सपोर्ट नभएको बताईएको छ ।

रिपोर्टअनुसार सामसंगको एक्सनोज ५१०० मोडम डाई साइज पनि करिब करिब एक्स५० को जत्रै रहेको छ भने ह्वावेको मोडम साइज भने अनावश्यक ठूलो रहेको छ ।

हाल मेट एक्स २० मा छुट्टाछुट्टै ४जी र ५जी रेडियो ट्यूनर रहेको छ तर भविश्यमा यो एउटै रेडियो ट्यूनरको रुपमा आउनसक्नेछ जसले उर्जाको बचतमा थप सहयोग गर्नेछ ।

आईएचएसले अर्को कदमको रुपमा फाईभजी÷फोरजी÷थ्रीजी÷२जी मल्टिमोड मोडेमहरु सिधै स्मार्टफोन प्रोसेसरहरुमा प्रयोग हुने अपेक्षा गरेको छ जसले गर्दा छुटै मोडेमको लागि स्थान र उर्जाको बचत हुनेछ भने लागतआधारमा पनि सस्तो हुनेछ ।

मिडियाटेकले यसअघि नै त्यस्तो किसिमको चीप २०२० मा आउने डिभाइसहरुका लागि घोषणा गरिरहेको छ जसमा माइनस मिलिमिटर वेभ हुनेछ ।

माध्यम १ माध्यम २