अपटेड समाचार

टिकटकको निर्माता कम्पनी बाईटडान्सद्धारा चीनमा सर्च इन्जिन सार्वजनिक

काठमाडौं । भिडियो शेयरिंग प्लेटफर्म टिकटिकको निर्माता कम्पनी बाईटडान्स लिमिटेडले चीनमा सर्च इन्जिन लन्च गरेको छ ।

चिनियाँ टेक कम्पनी बाईटडान्सले बैदुले हालिमुहाली गरिरहेको क्षेत्रमा हालेको हो । बाईटडान्स हाल आफ्नो कोर बिजनेस न्यूज एण्ड भिडियो, वर्क प्लेस मेसेजिंग र म्यूजिक स्ट्रीमिंग,लगायतका सेवाहरु संचालन गरिरहेको छ, जसले टेनसेन्ट होल्डिङ्गस र अन्य चिनियाँ टेक कम्पनीसँग प्रतिस्पर्धा गरिरहेको छ ।

कम्पनीले ल्याएको नयाँ सर्च इन्जिन टौटिआओ सर्च (Toutiao Search)कम्पनीका मूख्य मूख्य उत्पादनहरुका साथमा उपलब्ध हुन्छ । कम्पनीले आफ्नो सर्च फिडमा स्पोन्सर गरिएका प्रडक्ट तथा विज्ञापनहरु समेत डिस्प्ले गर्ने गर्दछ तर यसमा आउने सर्च रिजल्टहरु भने आफ्नो टौटिआओ न्यूज एपबाट आउने प्राथमिक कन्टेन्टहरुलाई अधिक प्रदर्शन गर्ने गर्दछ ।

टौटिआओ सर्चका साथमा यूजर्सले सम्बन्धित समाचारहरु, भिडियो तथा जानकारीको कीवर्ड टाइप गरेर सर्च गर्न सक्नेछन जसमा कडा सेन्सर गरिएको कन्टेन्टहरु उपलब्ध हुन्छन् ।

कम्पनीले साधारण सर्च इन्जिन बनाएको र यसको उद्धेश्य सामान्य यूजर एक्सपेरिएन्स प्रदान गर्नुरहेको छ । कम्पनीले यसलाई मोबाइल सर्च एपको रुपमा ल्याउने योजना भने बनाएको छैन् ।

बाईटडान्सलाई यसअघि सन् २०१८ मा करिब ७८ बिलियन मूल्यांकन गरिएको थियो । जसले बाईटडान्सद्धारा संचालनमा रहेका एप्स, जिन्री टौटिआओ र टिकटकको चिनियाँ भर्सनका साथ साथै वेबका कन्टेन्टहरु पनि सर्च इन्जिनमा उपलब्ध गराउनेछ । एजेन्सी