भीभो एस १ नेपाली बजारमा सार्वजनिक, ६ जीबी र्याम र १२८ जीबीको बजार मूल्य ३४ हजार ६९० रुपैयाँ

Technology Khabar २८ श्रावण २०७६, मंगलवार

भीभो एस १ नेपाली बजारमा सार्वजनिक, ६ जीबी र्याम र १२८ जीबीको बजार मूल्य ३४ हजार ६९० रुपैयाँ

काठमाडौं ।

काठमाडौं । भीभो नेपालले आफ्नो नयाँ प्रडक्ट, भीभो एस १ (Vivo S1) नेपाली बजारका लागि आधिकारीक रुपमा उपलब्ध गराएको छ ।

कम्पनीको पहिलो एस सिरिजले ‘३२ मेगापिक्सेल एआई सेल्फी, क्याप्चर योर स्टायल’ ट्यागलाईन राखेको छ, जसले ठूलो संख्याका युवा उपभोक्ताहरुलाई प्रतिनिधित्व गर्दछ, जो उत्साहित, स्टायलिस, र सँधै नयाँ ट्रेण्डलाई आत्मसात गर्ने किसिमका हुन्छन् ।

भीभो एस १ स्मार्टफोन स्क्रीन टच आईडि, सूपर एमोलेड अल्ट्रा अल स्क्रीन, ३२ मेगापिक्सेल एआई सेल्फी क्यामरा, एआई ट्रिपल रियर क्यामरा र स्टायलिस डिजाइनजस्ता उत्कृष्ट विशेषताहरुसहित आउँछ । यो स्मार्टफोन डायमण्ड ब्ल्याक र स्काईलाईन ब्लू कलर्स अप्सनमा बजारमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

‘भीभो उपभोक्तामा आधारित प्रविधि ब्राण्ड हो जसले नेपाली उपभोक्ताहरुको बढिरहेको विभिन्न आवश्यकताहरुलाई पूर्ति गर्दछ । भीभोको आन्तरिक अनुसन्धानले युवा नेपाली उपभोक्ताहरु जो स्टायलिस स्मार्टफोन चाहन्छन र उनीहरुको लाईफस्टायलसँग मिल्ने फीचरहरु खोज्ने गरेको पाईएको छ,’ भीभो नेपालका जनरल म्यानेजर मार्सले भने ।

लाईफस्टायललाई सपोर्ट गर्ने उत्कृष्ट परफरमेन्स

‘भीभो एस १ ले स्मार्टफोन छनौट गरिरहेका युवा उपभोक्ताहरुको विशेषताहरुलाई समाहित गरेको छ, जून स्टायलिस डिजाइन, स्मार्ट क्यामरा, ठूलो स्क्रीनका साथमा क्लियर भीजुअल एक्सपेरियन्स, र भरोसायोग्य परफरमेन्सका साथमा आएको छ,’बजार निर्देशक ग्याभिनले भने ।

भीभो एस १ मा ६ जीबी र्याम र १२८ जीबीको आन्तरिक स्टोरज(रोम) रहेको छ जसले भिडियोहरु, गीत संगीतहरु र स्टोर गर्न तस्वीरहरु संग्रह गर्न अधिकतम स्थान उपलब्ध गराउँछ । पावरफुल स्मार्टफोन एक्सपेरियन्स प्रदान गर्नको लागि भीभो एस १ मा ४,५०० एमएएचको ब्याट्रीका साथ ड्यूल ईन्जिन फास्ट चार्जिंग मिडियाटेक ६७६८ प्रोसेसर राखिएको छ ।

मोबाइल गेमिङ्ग फीचर

भीभो एस १ ले एन्ड्रोयड ९.० पाईमा आधारित पछिल्लो फनटच ओएस ९ अपरेटिंग सिस्टमका साथमा स्मार्ट बटन र एआई जोभी फीचर ल्याएको छ । भीभो एस वानले मल्टि टर्बो र कम्पिटिसन मोडका साथमा अल्ट्रा गेमिंग मोड प्रस्तुत गरेको छ जसले गर्दा गेम खेलिरहेको बेलामा स्मार्टफोनको परफरमेन्सलाई सहज बनाउँदै ब्याट्री लाईफ पनि बचाउने कम्पनीको दाबी छ ।

भीभो एस १ आधिकारीकरुपमा नेपाली बजारमा रु ३४,६९० मा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २८ श्रावण २०७६, मंगलवार

ताजा समाचार