भारतीय टेलिकम जियोको गीगाफाइबर सर्भिस, १०० एमबीपिएसदेखि १ जीबीपिएससम्मको स्पीड

काठमाडौं । भारतीय टेलिकम कम्पनी जियोले इन्टरनेट क्षेत्रमा नयाँ अफर सार्वजनिक गरेको छ । जियोको मूख्य कम्पनी रिलायन्स इन्डष्ट्रिज लिमिटेडको ४२ औं वार्षिकोत्सवको अवसर पारेर जियो गीगाफाइबर सर्भिस लन्च गरेको हो ।

यसमा होम ब्रोडब्याण्ड, इन्टरप्राइजेज ब्रोडब्याण्ड र ब्रोडब्याण्ड फर एसएमईज शुरु गर्ने घोषणा गरेको हो । यी सबै सेवाहरु ५ सेप्टेम्बरदेखि मात्र उपलब्ध हुनेछन् ।

कम्पनीले सबैभन्दा सस्तो ब्रोडब्याण्ड सर्भिस ७०० भारुदेखि शुरु गरेको छ जसलाई होम ब्रोडब्याण्ड सर्भिसअन्तरगत १०० मेगाबाईट प्रति सेकेण्डको डाटा उपलब्ध हुनेछ । यसमा अधिकतम १ जीबीपिएसको सेवा आउनेछ । त्यस्तै प्रिमियम प्याकको मूल्य भारु १० हजार रहेको छ भने ब्रोडब्याण्ड सर्भिसका साथमा ल्याण्डलाईन कनेक्शनबाट भारतभर भ्वाइस कल सेवा सँधैलाई निशुल्क दिनेछ ।

जियोले फाइबर ब्रोडब्याण्ड सेवाका साथमा कयौं कन्टेन्ट प्लेटफर्मका सेवा निशुल्क उपलब्ध हुनेछ । यसबाहेक सन् २०२० सम्म फाइबर सर्भिस प्रयोगकर्तालाई फस्र्ट डे मूभी स्क्रीनिंगको सेवासँग जोडिनेछ । तर यो सेवा गीगाफाइबरको प्रिमियम सर्भिस प्रयोग गर्नेलाई मात्र दिईनेछ ।

कम्पनीले गीगाफाइबर सर्भिसको लागि १६ सय शहरहरुमा १.५ करोड भन्दा बढि रजिस्ट्रेशन आएको जानकारी दिएको छ । त्यस्तै अहिलेसम्म ५ लाख घरहरुमा गीगाफाइबर सर्भिस परीक्षणको रुपमा शुरु गरिरहेको उल्लेख गरेको छ ।

कम्पनीले जियोको फरएभर वार्षिक प्लान लिने सेवाग्राहीलाई फोरके एचडी टिभी र फोरके सेटटप बक्स निशुल्क दिने भएको छ । एजेन्सी

Leave a Reply