सामसंगले सार्वजनिक गर्यो १०८ मेगापिक्सेलको क्यामरा सेन्सर, शाओमीको नयाँ फोनमा प्रयोग हुने

Technology Khabar २७ श्रावण २०७६, सोमबार

सामसंगले सार्वजनिक गर्यो १०८ मेगापिक्सेलको क्यामरा सेन्सर, शाओमीको नयाँ फोनमा प्रयोग हुने

काठमाडौं ।

काठमाडौं । मोबाइल फोन निर्माता कम्पनीहरुबिच स्मार्टफोनमा अधिकम क्षमताका क्यामरा राख्ने होडबाजी चलिरहेको बेला सामसंगले १०८ मेगापिक्सेल क्यामरा सेन्सर लन्च गरेको छ ।

अहिले बजारमा ४८ मेगापिक्सेलसम्मका स्मार्टफोनहरु उपलब्ध रहेका छन भने छिटै ६४ मेगापिक्सेलभएका स्मार्टफोनहरु बजारमा आउने तयारीमा छन् ।

यसैबिचमा दक्षिण कोरियाली टेक कम्पनी सामसंगले भने १०८ मेगापिक्सेलको क्यामरा सेन्सर घोषणा गरेको हो ।

कम्पनीले आईएसओसेल ब्राईट एचएमएक्स सेन्सर (ISOCELL Bright HMX) स्मार्टफोनहरुका लागि घोषणा गरेको छ जसमा १०८ मेगापिक्सेल रहेको छ ।

यसको साइज १/१.१३ इन्च रहेको छ जून अहिलेको ४८ आईएसओसेल ब्राईट जीएम १ भन्दा १२५ गुणा सानो रहेको छ । यसमा ०.८μm पिक्सेल पिच रहेको छ ।

‘शाओमीसँगको नजिकको सहकार्यमा, आईएसओसेल ब्राईट एचएमएक्स पहिलो मोबाइल इमेज सेन्सर हो जसमा १०० मिलियन पिक्सेल राखिएको छ र यसले कलर रिप्रोडक्सनमा अतुलनिय तथा एडभान्स टेट्रासेल र आईएसओसेल प्लस टेक्नोलोजीका साथमा स्टनिंग डिटेल उपलब्ध गराउँछ,’ सामसंग ईलेक्ट्रोनिक्सका सेन्सर बिजनेसका एक्जुकेटिभ भाइस प्रेसिडेन्ट योन्गिन पार्कले भने ।

सामसंगले प्रेस विज्ञप्ति जारी गर्दै यसका १०० मिलियन भन्दा बढि सक्रिय पिक्सेल रहेको बताएको छ । यसले निकै कमजोर लाईटिंग अवस्थामा पनि आश्चार्यजनक फोटोहरु उत्पादन गर्न सक्नेछ । यसमा कम्पनीले टेट्रासेल टेक्नोलोजी प्रयोग गरेको छ जसको अर्थ २७ मेगापिक्सेलको सेन्सरलाई १.६ म्यू पिक्सेल पिचका साथमा ल्याईएको छ । यो सेन्सर स्मार्ट आईएसओका साथमा आउँछ जसले लो आईएसओमा पनि काम गर्दछ ।

सामसंगको १०८ मेगापिक्सेलको सेन्सरले सिक्स के लसलेस भिडियो ३० फ्रेम प्रति सेकेण्डमा खिच्ने क्षमता राख्दछ ।

सामसंगले सार्वजनिक गरेको नयाँ क्यामरा सेन्सरको व्यवसायीक उत्पादन भने अगस्टको अन्तिमबाट हुनेछ भने यो स्मार्टफोन यसअघि शाओमीले घोषणा गरेअनुसार नै शाओमी एमआई मिक्स ४ मा उपलब्ध हुने अपेक्षा गरिएको छ ।

शाओमीका को फाउण्डर ली बिनले शाओमी र सासमंगको सहकार्यले १०८ मेगापिक्सेलको ईमेज सेन्सर तयार पार्न सहयोग गरेको भन्दै यसले डिएसएलआर क्यामराहरुजस्तै तस्विर स्मार्टफोनबाट खिच्न सकिने बताए ।

स्रोत माध्यम

easy care

प्रकाशित: २७ श्रावण २०७६, सोमबार