Technology Khabar २७ श्रावण २०७६, सोमबार
काठमाडौं ।
काठमाडौं । एप्पलले आउने नयाँ आइफोन ११ मा ट्रिपल रियर क्यामरा ल्याउने चर्चा चलिरहेको बेला यो मात्र एक्लो ट्रिपल क्यामरा सेटअप भएको एप्पल डिभाइस नहुने भएको छ ।
एप्पलले आइफोन ११ का साथसाथै सन् २०१९ मै आउने आइप्याड प्रोमा पनि ट्रिपल क्यामरा सेटअप राख्ने भएको छ ।
सप्लाई चेनसँगको कुराकानीमा आधारित भएर आएको म्याकोटाकाराको रिपोर्टअनुसार एप्पलले आइप्याड प्रोमा पनि ट्रिपल क्यामरा सेटअप प्रयोग गर्ने भएको छ ।
यस्तो किसिमको दाबी पहिलो पटक आएको हुँदा अझै यो विषयमा केहि भन्न सकिने अवस्था भने छैन् ।
हाल आइप्याड प्रोमा केबल एउटा मात्रै १२ मेगापिक्सेलको क्यामरा प्रयोग गरिएको छ त्यसैले पनि सिंगल क्यामरा सेटअपबाट ट्रिपल क्यामरा सेटअपमा जानु भनेको एउटा ठूलो छर्लांग हुनेछ ।
अहिलेको आइप्याड प्रोले रियर क्यामराका साथमा पोर्टेट मोड फीचर सर्पोट गर्दैन् । तर यो वर्षभित्रै आउने नयाँ आइप्याड प्रोमा भने त्यस्तो फीचर थप गरेर आउने छ । यसबाहेक अगुमेन्टेड रियालिटीमा पनि सुधार हुने अनुमान छ ।
रिपोर्टअनुसार सन् २०१९ मै आउने अर्को १०.२ इन्चको आइप्याडमा भने ड्यूल क्यामरा सेटअप राखिने छ । यो आइप्याडले यसअघिको ९.७ इन्चको आइप्याडलाई प्रतिस्थापन गर्नेछ । यसबाहेक कम्पनीले १०.५ इन्चको आइप्याड एयर पनि रिलिज गर्ने चर्चा रहेको छ ।
एप्पलले आगामी महिना सेप्टेम्बरमा लन्च गर्ने अनुमान गरिएको आइफोनको नयाँ सिरिजमा जसलाई आइफोन ११ भनिएको छ त्यसमा ट्रिपल क्यामरा सेटअप हुने चर्चा निकै अगाडि देखि भईरहेको छ । त्यस्तै सस्तो बजेट आइफोनको रुपमा आएको एक्सआरको अपग्रेड भर्सन आईफोन ११ आर मा भने अहिलेको सिंगल क्यामराबाट ड्यूल क्यामरा सेटअपमा अपग्रेड हुने अनुमान गरिएको छ ।
प्रकाशित: २७ श्रावण २०७६, सोमबार