कर्णाली प्रदेशका जिल्लामा टेलिकमको एडिएसएल सेवा अवरुद्ध

काठमाडौं । हुम्लासहित कर्णाली प्रदेशका अधिकांश जिल्लामा नेपाल टेलिकमको एडिएसएल सेवा अवरुद्ध भएको छ । सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् ।

आइतबार बिहानदेखि एडिएसएल सेवा अवरुद्ध भएपछि इन्टरनेट नहुँदा सरकारी तथा गैर सरकारी कार्यालय, बैंकहरु तथा सञ्चारमाध्यमको काम प्रभावित भएको बताईएको छ ।

नेपाल टेलिकमले अवरुद्ध एडिएसल सेवा सुचारुका लागि प्रयास भइरहेको जनाएको छ।

नेपाल टेलिकम सिमकोट शाखाका प्रमुख शिवकुमार भट्टराईले समस्या समाधानको प्रयास भरहेको जानकारी दिए।

स्रोत

Leave a Reply