राष्ट्रिय वाणिज्य बैंक कनेक्ट आईपीएस ईपेमेन्ट प्रणालीमा जोडियो

Technology Khabar २६ श्रावण २०७६, आईतवार

राष्ट्रिय वाणिज्य बैंक कनेक्ट आईपीएस ईपेमेन्ट प्रणालीमा जोडियो

काठमाडौं ।

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आईपीएस ईपेमेन्ट प्रणालीमा कारोबार गर्ने बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंकलाई पनि उक्त प्रणालीमा आवद्ध गराई आजबाट कारोबार सञ्चालनमा ल्याएको छ ।

सो सेवा सुचारु भएसँगै राष्ट्रिय वाणिज्य बैंकका हजारौं ग्राहकहरुले पनि अब यस डिजिटल भुक्तानी प्रणाली मार्फत आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानीे कारोबारहरु गर्न सक्नेछन् ।

यस प्रणालीमा बैंकका ग्राहकले आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध विभिन्न भुक्तानी सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

हाल यस प्रणाली मार्फत नेपाल सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोगको भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी , नागरिक लगानी कोषको भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, सेयर ब्रोकरलाई भुक्तानीे लगायतमा अन्य विभिन्न सेवाप्रदायकहरुलाई भुक्तानी गर्न सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: २६ श्रावण २०७६, आईतवार

ताजा समाचार