ह्वावेको आफ्नै अपरेटिंग सिस्टम भएको अनर स्मार्ट स्क्रीन सार्वजनिक, प्रो भर्सनमा पप-अप क्यामरा

Technology Khabar २६ श्रावण २०७६, आईतवार

ह्वावेको आफ्नै अपरेटिंग सिस्टम भएको अनर स्मार्ट स्क्रीन सार्वजनिक, प्रो भर्सनमा पप-अप क्यामरा

काठमाडौं ।

काठमाडौं । चिनियाँ टेक कम्पनी हुवावेले आफूले विकास गरेको अपरेटिङ सिस्टम राखिएको पहिलो डिभाइस सार्वजनिक गरेको छ। हुवावेले डेभलपर कन्फ्रेन्समा सो हार्मोनी अपरेटिंग सिस्टमयुक्त डिभाइस सार्वजनिक गरेको हो।

हुवावेको सब ब्राण्ड अनरले स्मार्ट स्क्रीन डिभाइस सार्वजनिक गरेको हो । यसलाई कम्पनीले अनर स्मार्ट स्क्रीन (Honor Smart Screen) र स्मार्ट स्क्रीन प्रो दुईवटा नाममा बजारमा सार्वजनिक गरेको हो ।

यो टेलिभिजनमा हुवावेले विकास गरेको हार्मोनी अपरेटिङ सिस्टम प्रयोग भएको छ।

सो टिभीमा सिस्टमका साथै चीपसेट पनि हुवावेकै प्रयोग गरिएको छ। होंगजु ८१८ चीपसेट प्रयोग भएको छ भने हि११०३ चीप मोबाइल अपरेशनका लागि राखिएको छ । यसबाहेक यसको प्रो भर्सनमा राखिएको पप-अप क्यामराका लागि पनि हिसिलिकन हि३५१६डिभी३०० एनपीयू चीपसेट प्रयोग गरिएको छ ।

यसमा अल्ट्रा एचडी प्लस फोर के एचडिआर क्वालीटीको भिडियो स्क्रिनिङ गर्ने बताइएको डिस्प्लेको साइज ५५ इन्च रहेको छ। यसमा १७८ डिग्रींको कोणबाट पनि भिडियोहरु हेर्न सकिन्छ ।

अनर स्मार्ट स्क्रिन दुई भेरियन्टमा आएको छ। यसको रेगुलर भर्सनमा २ जीबी र्‍याम र १६ जीबी आन्तरिकस्टोरेज छ भने प्रो भर्सनमा २ जीबी र्‍याम र ३२ जीबी स्टोरेज रहेको छ।

हाल चीनमा मात्र उपलब्ध यो स्मार्ट स्क्रीनको मूल्य ३७९९ चिनियाँ यूआन र प्रोको ४७९९ यूआन तोकिएको छ । एजेन्सी

easy care

प्रकाशित: २६ श्रावण २०७६, आईतवार

ताजा समाचार