नूबियाले सार्वजनिक गर्यो दुईवटा डिस्प्ले भएको स्मार्टफोन ‘नूबिया जेड२०’, ट्रिपल रियर क्यामरा सेटअप

Technology Khabar २६ श्रावण २०७६, आईतवार

नूबियाले सार्वजनिक गर्यो दुईवटा डिस्प्ले भएको स्मार्टफोन ‘नूबिया जेड२०’, ट्रिपल रियर क्यामरा सेटअप

काठमाडौं ।

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर नूबियाले दूईवटा स्क्रीन भएको नयाँ स्मार्टफोन जेड २० सार्वजनिक गरेको छ ।

कम्पनीले ल्याएको यो फोन कभ्र्ड एज डिस्प्ले डिजाइनमा रहेको छ भने यसमा कुनैपनि नोच राखिएको छैन् ।

ड्यूल डिस्प्ले डिजाइन भएको फोनको पछाडिको भागमा पनि एमोलेड डिस्प्ले दिईएको छ । यसमा ६.४२ इन्चको फूलएचडी प्लस एमोलेड डिस्प्ले छ, जसको रिजोल्यूशन १०८०ह२३४० पिक्सेल छ भने पछाडिको भागमा ५.१ इन्चको एचडी फ्लेक्सिबल डिस्प्ले राखिएको छ ।

नूबिया जेड२० मा अक्टा कोर क्वालकम स्न्यापड्रागन ८५५ चीपसेट राखिएको छ भने यसको आन्तरिक स्टोरेज ५१२ जीबी रहेको छ । यो फोन ६ जीबी र्याम र ८जीबी र्याम अप्सनमा उपलब्ध हुन्छ ।

फोटोग्राफीका लागि नूबिया जेड२० मा ट्रिपल रियर क्यामरा सेटअप रहेको छ । यसको प्राइमरी सेन्सर ४८ मेगापिक्सेलको रहेको छ । तर सेल्फीका लागि कुनै छुट्टै क्यामरा छैन्, त्यसैले सेल्फी खिच्नका लागि ट्रिपल रियर क्यामराको प्रयोग गर्नुपर्ने हुन्छ ।

फोनमा इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर छ भने यसमा पावरको लागि ४,००० एमएएचको ब्याट्री प्याक रहेको छ । यो फोन ड्यूल सिम प्रयोग गर्न सकिन्छ भने एन्ड्रोयड पाईमा आधारित नूबिया यूआई रहेको छ ।

हाल चिनियाँ बजारमा मात्र उपलब्ध यो स्मार्टफोन चीनमा शुरुवाती मूल्य ३,४९९ यूआनदेखि शुरु हुन्छ । चीनमा यो स्मार्टफोन अगस्त १६ देखि बिक्रीका लागि उपलब्ध हुनेछ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: २६ श्रावण २०७६, आईतवार