एलआईसी (नेपाल) लि.को १७औ वार्षिक साधारण सभा सम्पन्न

Technology Khabar २५ श्रावण २०७६, शनिबार

एलआईसी (नेपाल) लि.को १७औ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं ।

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) लिमिटेडको १७औं वार्षिक साधारण सभा मिति साउन २४ गते काठमाडौमा सम्पन्न भएको छ ।

साधारण सभाले आ.ब. २०७४/०७५ को वासलात र आयव्यय विवरणलाई अनुमोदन गर्दै कम्पनीको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ७०∞ लाभांश पारित गरेको छ जस अन्तर्गत ३४.४६ प्रतिशत वोनस शेयर र ३५.५४ प्रतिशत नगद लाभांश रहेका छन् । आ.ब. २०७४/०७५ मा कम्पनीले १,३३,३०९ नयाँ बीमालेखहरु बिक्री गरी प्रथम बीमाशुल्क आम्दानी बापत रु. २८८ करोड ८९ लाख संकलन गर्न सफल भएको थियो ।

२०७५ आषाढ मसान्तसम्ममा यस कम्पनीमा कूल चालु बीमालेखको संख्या ७,३४,६०८ र कूल जीवन बीमा कोषमा रु. ४,२२३.३४ करोड संकलन भएको सहर्ष जानकारी गराइन्छ । आ.ब. २०७४/०७५ मा कम्पनीको कूल जीवन बीमा कोषमा २५.८५∞, प्रथम बीमाशूल्क आर्जनमा ९.७०प्रतिशत, लगानीतर्फ २१.७६ प्रतिशत र लगानीबाट प्राप्त आम्दानीमा ५५.६७ प्रतिशत को बृद्धिदर रहेको थियो ।

कम्पनीका अध्यक्ष एम.आर. कुमारले एलआईसी नेपालको १८औं (आ.ब. २०७५/७६) वार्षिक साधारण सभा पनि यथासक्य चा“डो सम्पन्न गरिने वताउ“दै आ.ब. २०७५/०७६ मा पनि कम्पनीले प्रथम बीमाशुल्क आर्जनमा ४६.३६ प्रतिशतको बृद्धिदरकासाथ कूल वीमाशुल्क आर्जन रु. १,३४१.१७ करोड जम्मा गर्न सफल भएको समेत जानकारी गराए ।

Global Bank
easy care

प्रकाशित: २५ श्रावण २०७६, शनिबार