कोका–कोलाद्वारा आधुनिक प्रविधिको प्रयोग गरिएको जिग्री प्याक सार्वजनिक

Technology Khabar २५ श्रावण २०७६, शनिबार

कोका–कोलाद्वारा आधुनिक प्रविधिको प्रयोग गरिएको जिग्री प्याक सार्वजनिक
Classic Tech

काठमाडौं । कोका–कोलाले देशभरका ग्राहकहरुको लागि पेय पदार्थको अनुभव अझै विशेष बनाउन नयाँ २५० एमएल, हलुका तथा बोक्नलाई सहज प्याक सार्वजनिक गरेको छ । यो प्याक उपभोक्ता मैत्री भएकाले कोका–कोलाले यसलाई जिग्री प्याक भनेको हो । जिग्री प्याकमा प्याकेजिङ उद्योगकौ सबैभन्दा नवीनतम प्रविधिको प्रयोग गरिएको छ । बोटलर्स नेपाल लिमिटेडले स्टेट अफ आर्ट प्रविधिमा लगानी गरे पश्चात नेपाल विश्वभरमै यस क्षमता हुने तेस्रो देश भएको छ ।

जिग्री प्याक उपभोक्तामैत्रीसँगै वातावरण मैत्री पनि छ, यो अल्ट्रा लाइट बोतल हो र अन्य पीईटी बोतलजस्तै यो रिसाइकल पनि हुन्छ । कोका–कोलाले हलुका, पूनशिलबन्दी गर्न मिल्ने, लाइटवेट तथा नफुट्ने बोतल भएको पेय पदार्थ प्रदान गर्न यो प्रविधिको प्रयोग गरेको छ । साथै यसको विस्तारित आयू ६ महिनासम्म रहेको कम्पनीको भनाई छ ।

नेपालका लागि कोका–कोलाका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, “हामी ग्राहकहरुका लागि कोका–कोला, स्प्राईट र फान्टाको उपयुक्त प्याक ल्याउन पाउँदा अत्यन्तै खुसी छौँ । जिग्री प्याकले नवीनतम प्रविधि मार्फत एकसाथ ग्लास बोतल र पीईटी बोतलको लाभ एउटै प्याकमा प्रदान गर्दछ ।”

बोटलर्स नेपाल लिमिटेडका म्यानेजिङ डिरेक्टर प्रदीप पाण्डेले भने, “बोटलर्स नेपाल (तराई) लिमिटेड नेपालमा स्टेट–अफ–आर्ट प्रोडक्ट लाइनमा लगानी गर्न पाउँदा निकै प्रसन्न छौं, र हामी जिम्मेवार र दिगो व्यवसायमा प्रतिबद्ध छौं । यो नवीनतम प्रविधिमार्फत हामी वातावरणमैत्री बन्नका साथै उपभोक्तालाई पनि सुविधा प्रदान गर्न सक्छौं ।”

TK Viber

प्रकाशित: २५ श्रावण २०७६, शनिबार

Loading...