ह्वावेको अपरेटिङ सिस्टम ‘हार्मोनीओएस’ सबै डिभाइसका लागि सार्वजनिक, एन्ड्रोयड पनि प्रयोगमा रहने

Technology Khabar २४ श्रावण २०७६, शुक्रबार

ह्वावेको अपरेटिङ सिस्टम ‘हार्मोनीओएस’ सबै डिभाइसका लागि सार्वजनिक, एन्ड्रोयड पनि प्रयोगमा रहने

काठमाडौं ।

चीन। चीनियाँ टेक कम्पनी  ह्वावेले शुक्रबार आफ्नै अपरेटिङ सिस्टम (ओएस) हार्मोनीओएस सार्वजनिक गरेको छ। पछिल्लो समय अमेरिकी प्रतिबन्धका कारण अमेरिकी बजारमा प्रवेश गर्न नपाएको ह्वावेले आफ्नै ओएस सार्वजनिक गरेको हो।

यसअघि आफ्ना मोबाइल डिभाइसमा एन्ड्रोइड अपरेटिङ सिस्टम चलाइरहेको ह्वावेलाई अमेरिकाले एन्ड्रोइड समेत प्रयोग नगर्न दबाब दिइरहेको थियो। एन्ड्रोइडले पनि ह्वावेलाई अमेरिकी सरकारको निर्णय भन्दै आफ्नो अपरेटिङ सिस्टम अस्थायी रुपमा मात्र प्रयोग गर्न दिने जानकारी दिइसकेको थियो।

विश्व बजारमा हाल एन्ड्रोइड र एप्पलका अपरेटिङ सिस्टम सर्वाधिक प्रचलनमा छन्। विश्वमै सर्वाधिक बिक्री हुने गरेको सामसङले हाल एन्ड्रोइड सिस्टम चलाइरहेको छ भने आइफोनमा आइओएस प्रयोग भइरहेकोछ।

ह्वावेका व्यवसाय प्रमुख रिचार्ड यूले डोन्गुआनमा आयोजित पत्रकार सम्मेलनमा ह्वावेले “हार्मोनीओएस” बजारमा ल्याएको जानकारी दिए ।

यो सिस्टम स्मार्टफोन, स्मार्ट स्पिकर, कम्प्यूटर, स्मार्टवाच, वायरलेस ईयरबड, कार र ट्याबलेटहरुमा प्रयोग हुनेछ ।

रिचार्ड यूकाअनुसार यो सिस्टम पहिलो माइक्रोकेर्नेलमा आधारित सम्पूर्ण क्षेत्रको लागि उपयोगी ओएस हो । यसले किलोबाईटस् देखि गीगाबाईट्ससम्मका र्यामहरु सपोर्ट गर्दछ ।

हार्मोनी ओएसले एचटिएमएल५, लिनक्स र एन्ड्रोयड एप्स सपोर्ट गर्दछ भने यसलाई अरुसँग कम्प्याटिबल बनाउन थप डेभलपमेन्ट गर्नुपर्ने हुन्छ।

ह्वावेका सिईओले आफ्ना स्मार्टफोनहरुका लागि हामोर्नीओएस एन्ड्रोयडको विकल्पको रुपमा हुनसक्ने विश्वास गरे ।

तर ह्वावेले हाल एन्ड्रोयड नै आफ्ना स्मार्टफोनहरुमा प्रयोग हुने बताएको छ, र नयाँ सफ्टवेयरलाई क्रमशः रोलआउट गरिने बताएको छ । जसमध्ये पहिलो चरणमा स्मार्टवाच, स्पीकर र भच्र्यूअल रियालिटी ग्याजेटहरुमा प्रयोग हुनेछन् । एजेन्सी

easy care

प्रकाशित: २४ श्रावण २०७६, शुक्रबार

ताजा समाचार