विण्डोज मालवेयर ‘भारेनिकी’ ले एडल्ट साइट हेरेमा रेकर्ड गर्ने, फ्रान्सका यूजर्सलाई आक्रमण गर्दै

Technology Khabar २४ श्रावण २०७६, शुक्रबार

विण्डोज मालवेयर ‘भारेनिकी’ ले एडल्ट साइट हेरेमा रेकर्ड गर्ने, फ्रान्सका यूजर्सलाई आक्रमण गर्दै

काठमाडौं ।

काठमाडौं । एन्टिभाइरस निर्माता ईसेटले नयाँ विण्डोज मालवेयर पत्ता लगाएको छ जसले स्पाम क्याम्पेन पठाउनका लागि प्रभावित भएका कम्प्यूटरहरुको प्रयोग गर्दछ ।

जे भएतापनि यो मालवेयरको सबैभन्दा पेचिलो विशेषता भनेको नदेखिने गरिने कार्य हो, जसले पिडित यूजरले कुनै वयस्क साइटहरु हेर्दा त्यसको डेस्कटपलाई रेकर्ड गर्दछ ।

अनुसन्धानकर्ताहरुले यसको नाम ‘भारेनिकी’ भनेका छन् र यो मालवेयर यहि वर्ष मे महिनामा शुरु भएको थियो र यो केबल फ्रान्समा मात्र सक्रिय भएको देखिएको छ।

भारेनिकीको पछाडिका समूहहरुले मालिसियस इन्भ्वाईसहरु स्पाम ईमेलको रुपमा प्रभावित यूजर्सलाई पठाउने गर्दछन् । यो मालवेयरले होस्टको रुपमा एक पटक काम गरेपछि त्यसको मूख्य उद्धेश्य भनेको आफ्नै स्पाम पठाउनु हो ।

यो बाट सिर्जित स्पामले फ्रेन्च यूजर्सलाई मात्र लक्षित गरेको छ भने फ्रान्सको इन्टरनेट सेवा प्रदायक कम्पनी ओरेन्ज एस एका ग्राहकहरुलाई मात्र असर पारेको छ ।

अधिकांश मालवेयरहरुको समयावधिमा तिनीहरुले बेलक विभिन्न किसिमका स्मार्टफोनहरुको प्रोमोसनहरुका लिंकहरु पठाउने गर्दछन तर भारेनिकी नामक मालवेयरले भने गएको जुलाईदेखि सेक्सटोर्सन ईमेलहरु पनि पठाउन शुरु गरेको थियो ।

ती ईमेलहरुमा भारेनिकी मालवेयर अपरेटरहरुले यूजर्सको कम्प्यूटरहरुलाई प्रभावित बनाएको दाबी गर्दथे भने उनीहरुले एडल्ट साइट भिजिट गरेको बेलामा रेकर्ड गरेको बताउने गर्दथे । तर त्यो भ्रम मात्र थियो । एजेन्सी

Global Bank
easy care

प्रकाशित: २४ श्रावण २०७६, शुक्रबार

ताजा समाचार