सामसंगको ग्यालेक्सी नोट १० र नोट १० प्लस स्मार्टफोन लन्च, यस्ता छन् प्रमुख फीचरहरु

Technology Khabar २३ श्रावण २०७६, बिहीबार

सामसंगको ग्यालेक्सी नोट १० र नोट १० प्लस स्मार्टफोन लन्च, यस्ता छन् प्रमुख फीचरहरु

काठमाडौं ।

काठमाडौं । सामसंगले आफ्नो दुई नयाँ स्मार्टफोनहरु सामसंग ग्यालेक्सी नोट १० र ग्यालेक्सी नोट १० प्लस लन्च गरेको छ । कम्पनीले न्यूयोर्कमा आयोजित एक कार्यक्रममा लन्च गरेको यी स्मार्टफोनहरु अगस्त २३ देखि बिक्रीका लागि उपलब्ध हुनेछन् ।

सामसंगको ग्यालेक्सी नोट १० मा ६.३ इन्चको ओएलईडी डिस्प्ले राखिएको छ भने नोट १० प्लसमा ६.८ इन्चको स्क्रीन रहेकोछ । सामसंगका यी दुई स्मार्टफोनहरुमा अधिकांश फीचरहरु समान भएपनि ब्याट्री साइज र इन्टरनल स्टोरेजमा भने फरक रहेको छ ।

ग्यालेक्सी नोट १० र नोट १० प्लसमा अक्टा कोर एक्सनोज ९८२५ प्रोसेसर रहेको छ ।

फीचरहरु

सामसंग ग्यालेक्सी नोट १० मा ८ जीबी र्याम र २५६ जीबी स्टोरेज रहेको छ भने यसमा माइक्रोएसडी कार्डको लागि कुनै सुविधा छैन् ।
ग्यालेक्सी नोट १० प्लसमा भने १२ जीबीको र्याम र २५६ जीबी स्टोरेज तथा ५१२ जीबी स्टोरेज अप्सन रहेको छ ।

कम्पनीले नोट १० को ५जी भेरिएन्ट पनि लन्च गरेको छ जसमा १२ जीबी र्याम रहेको छ ।

फोटोग्राफीका लागि सामसंग ग्यालेक्सी नोट १० सिरिजमा ट्रिपल भर्टिकल क्यामरा सेटअप रहेको छ । यसमा १६ मेगापिक्सेल प्लस १२ मेगापिक्सेल प्लस १२ मेगापिक्सेलको क्यामरा राखिएको छ भने फ्रन्ट क्यामरा १० मेगापिक्सेलको रहेको छ ।

ग्यालेक्सी नोट १० प्लसमा भने समान मेगापिक्सेलका क्यामरााहरु छन भने यसमा टाइम अफ फ्लाईट, (टिओएफ) टेक्नोलोजीका साथ भीजीए क्यामरा पनि राखिएको छ ।

एन्ड्रोयड ९ पाईमा आधारित यी स्मार्टफोनहरुमा पातलो बेजल्स तथा नोच नभएको डिस्प्ले राखिएको छ । फोनमा सिनेम्याटिक इनफिनिटी डिस्प्ले भएको कम्पनीको भनाई छ । त्यसैगरि यसमा एचडीआर १० प्लस सपोर्ट रहेको छ ।

यो स्मार्टफोनसँगै आउने एस पेनमा नयाँ फीचर एयर एक्शन राखिएको छ जसले यूजर्सले डिभाइसका केहि कामहरुलाई जेस्चरबाट नियन्त्रण गर्न सक्दछन् ।

यूजर्सले आफ्नो ह्याण्डराईटिंगलाई यो डिभाइसमार्फत डिजिटल टेक्स्टमा परिवर्तन गर्न सक्नेछन भने यसमा फरक फरक फम्र्याटमा एक्पोर्ट पनि गर्न सकिन्छ ।

ब्याट्री

नोट १० सिरिजमा अडियो ज्याक हटाईएको छ भने अण्डर डिस्प्ले फिंगरप्रिन्ट सेन्सर तथा अण्डर डिस्प्ले साउण्ड टेक्नोलोजी राखिएको छ ।
ग्यालेक्सी नोट १० मा ३,५०० एमएएचको ब्याट्री प्याक छ भने ग्यालेक्सी नोट १० प्लसमा ४,३०० एमएएचको ब्याट्री ब्याकअप रहेको छ । दुबै फोनका साथमा २५ वाटको फास्ट चार्जर बण्डलसहित आउनेछ ।

दुबै स्मार्टफोनहरु औरा ग्लो, औरा ह्वाइट, औरा ब्ल्याक कलर अप्सनमा आउनेछन भने नोट १० प्लस रेड र पिंक कलर अप्सनमा पनि उपलब्ध हुनेछ ।

मूल्य र उपलब्धता

सामसंग ग्यालेक्सी नोट १० को मूल्य ९४९ अमेरिकी डलर छ भने ग्यालेक्सी नोट १० प्लसको मूल्य १,०९९ डलरदेखि शुरु हुन्छ ।
अमेरिकामा यी फोनहरुको प्री अर्डर ८ अगस्तदेखि शुरु हुनेछ भने भारतमा यी फोनहरु अगस्त २० मा लन्च हुनेछन् । त्यस्तै नेपाली बजारमा भने भारतको लन्चको एकदुई दिन अगाडि वा पछाडि पारेर हुनसक्ने बताईएको छ ।

easy care

प्रकाशित: २३ श्रावण २०७६, बिहीबार

ताजा समाचार