शाओमीको रेडमी के२० सिरिजका दुई स्मार्टफोन के२० र के२० प्रो नेपाली बजारमा

Technology Khabar २३ श्रावण २०७६, बिहीबार

शाओमीको रेडमी के२० सिरिजका दुई स्मार्टफोन के२० र के२० प्रो नेपाली बजारमा
Classic Tech
Nepal Telecom

काठमाडौं । शाओमीले रेडमी सब–ब्राण्ड अन्तर्गतको पहिलो फ्ल्यागसिप सिरिजको रुपमा रेडमी के२० सिरिजको स्मार्टफोन–रेडमी के२० Redmi K20 र रेडमी के२० प्रो Redmi K 20 Pro नेपाली बजारमा ल्याएको छ ।

रेडमी के२० र रेडमी के २० प्रो मा चारैतिर न्यूनतम बेजेल भएको १६.२ सीएम (६.३९) १९.५ः९ पूर्ण एचडी प्लस एमोलेड होराईजन डिस्प्ले रहेको छ ।

२० एमपी पप–अप सेल्फी क्यामेरासँगै रेडमी के२० सिरिजमा स्क्रीनदेखि बडीको अनुपात अविश्वसनीय रुपमा ९१.९ प्रतिशत रहेको छ जुन यस इन्डस्ट्रीकै उच्च हो । होराईजन एमोलेड डिस्प्लेमा ७औं जेनेरेशनको इन–डिस्प्ले स्क्यानर रहेको छ र कव्र्ड कर्निंग गोरिला ग्लास ५ ले दुवै फोनलाई सुरक्षित बनाएको छ ।

रेडमी के२० सिरिजमा सुन्दर औरा प्राइम शैलीको प्रयोग गरिएको छ, जसले एकै समयमा कार्यक्षमता कायम राख्दै यसलाई असाधारण रुपले सुन्दर बनाएको छ । उद्योगमै पहिलो पटक रेडमी के२० ले फायर एण्ड आईसबाट प्रेरित भएर ग्लेशियर ब्लू, फ्लेम रेड र कार्बन ब्लाक कलर भेरियन्टमा फोनहरु उपलब्ध गराएको छ ।

एस्थेटिक्स डिपार्टमेन्ट एलईडी नोटीफिकेसन पल्सेट गरेर पूर्ण हुन्छ जुन पप–अप क्यामेरा संयन्त्रको (कम्तिमा ३००,००० पटक काम गर्न परिक्षण गरिएको) शिर्षमा क्यामेरा मोड्यूलको वरपर स्टाइलिस हलो रिंगका साथ रहेको छ ।

रेडमी के२० सिरिजमा ४८ एमपी मुख्य क्यामेरा, ८ एमपी टेलिफोटो र १३ एमपी चौंडा कोणहरु सहित एआई ट्रिपल क्यामेरा रहेको छ ।
यो फोनमा ४००० एमएएच ब्याट्री रहेको छ भने दुवै फोनमा टाईप–सी पोर्ट, ३.५ एमएम हेडफोन ज्याक र फास्ट–चार्ज सपोर्ट रहेको छ । ठ
दुवै फोनको अघिल्लो तथा पछिल्लो भागमा रहेको कर्निंग गोरिला ग्लास ५ ले यसलाई टिकाउ, दिगो र सुन्दर बनाएको छ । अन्य सहजज्ञ गुणस्तर सुधार अन्तर्गत यसले फोन खस्न लागेमा पप–अप क्यामेरा स्वचालित रुपमा रिट्रयाक्ट गर्दछ ।

‘नयाँ पप–अप क्यामेराको साथै एमोलेड स्क्रीन, इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर सहित यस फोनले एमआई फ्यानहरुलाई वास्तवमै सुलभ मूल्यमा उच्च गुणस्तरीय तथा अत्याधुनिक प्रविधि प्रदान गर्दछ । नेपालका सम्पूर्ण प्रयोगकर्ताले रेडमी के२० र रेडमी के२० प्रो मा क्वालकम स्न्यापड्रेगन ८५५ र क्वालकम स्न्यापड्रेगन ७३०को अनुभव लिन सक्नेछन्,’ शाओमी नेपालका कन्ट्री जेनरल म्यानेजर सौरभ कोठारीले भने ।

रेडमी के२० प्रो

रेडमी के२० प्रो प्रयोगकर्ताको खुसीका लागि अटल फ्ल्यागसिप हो । यो क्वालकम स्न्यापड्रेगन ८५५ मोबाइल प्ल्याटफर्ममा आधारित पहिलो रेडमी फोन हो र यसमा विश्वकै सबैभन्दा तेज प्रोसेसर छ ।

रेडमी के२० प्रो मा सोनीको सेन्सर भएको ४८ एमपी एआई मुख्य क्यामेरा, ८ एमपी २ह टेलिफोटो क्यामेरा र १२४.८ ड्ढ फिल्ड भ्यू सहितको १३ एमपी अल्ट्रा–वाइड क्यामेरा रहेको छ । यो फोनहरु दुईवटा स्टोरेज भेरियन्ट (६जीबीर१२८जीबी र ८जीबीर२५६जीबी) र तीनवटा रंगहरुमा उपलब्ध रहेको छ ।

उच्च रिजोलुसन डिजिटलदेखि एनालग कन्भटरले गर्दा रेडमी के२० प्रो मा लसलेस अडियोलाई पुनः प्ले (२४ बिट, १९२ केएचजेड सम्म) गर्ने क्षमता छ साथै डूअल जीपीएस एन्टेनाले जीपीएस पिनपोइन्टको सूक्ष्मता सूनिश्चित गर्दछ । रेडमी के२० प्रो ले २७ वाट्ट “सोनीकचार्ज” सपोर्ट गर्दछ र यसमा १८ वाट्ट चार्जर पनि आउँछ ।

रेडमी के२०
रेडमी के२० नयाँ क्वालकम स्न्यापड्रेगन ७३० भएको पहिलो फोन हो र स्न्यापड्रेगन ७३० क्वालकमले ल्याएको तेस्रो तीव्र चीपसेट (एसडी ८४५ र एसडी ८५५ भन्दा पछाडि) हो जुन अघिल्लो स्न्यापड्रेगन ७१० भन्दा ४०% ले तीव्र छ । यसले रेडमी के२० लाई मिड–प्रिमियम सेगमेन्टमा सबैभन्दा शक्तिशाली फोन बनाएको छ ।

रेडमी के२० मा पनि रेडमी के२० प्रो मा जस्तै मा सोनी सेन्सर भएको एआई ट्रिपल ४८ एमपी मुख्य क्यामेरा रहेको छ । यसले १८ वाटको फास्ट चार्जिङ सर्पोट गर्दछ ।

मूल्य र उपलब्धता
रेडमी के२० प्रो अगष्ट ११ तारिखबाट तीनवटा रंग– फ्लेम रेड, ग्लेसियर ब्लू र कार्बन ब्लाक कलरमा नेपालका सम्पूर्ण अफलाइन च्यानल र डराज डट कम डट एनपीमा ८ जीबी प्लस २५६ जीबी भेरियन्ट रु ४९,९९९ मा उपलब्ध हुनेछ ।

रेडमी के२० रु ३९,९९९ मा ६ जीबी प्लस १२८ जीबी भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

TK Viber

प्रकाशित: २३ श्रावण २०७६, बिहीबार

Comments are closed.

Loading...