ट्वीटरले भन्यो- प्रयोगकर्ताको अनुमति बिना विज्ञापनका लागि डाटा प्रयोग भएको हुनसक्ने

Technology Khabar २२ श्रावण २०७६, बुधबार

ट्वीटरले भन्यो- प्रयोगकर्ताको अनुमति बिना विज्ञापनका लागि डाटा प्रयोग भएको हुनसक्ने

काठमाडौं ।

काठमाडौं । माइक्रो ब्लगिङ साइट ट्वीटरले प्रयोगकर्ताको अनुमति बिना उनीहरूको व्यक्तिगत डाटा प्रयोग भएको हुनसक्ने जनाएको छ।

वेबसाइटको प्राइभेसी सेटिङमा भएको एक ईस्युमार्फत विज्ञापनका लागि यूजर्सको व्यक्तिगत विवरणका केहि निश्चित विषयहरु अनुमति बिना नै प्रयोग भएको हुनसक्ने बताएको हो।

ट्वीटरले सो बारेमा हालै थाहा भएको र त्यस समस्यालाई सोमबार ठीक गरिएको कम्पनीले मंगलबार ब्लगमार्फत जानकारी दिएको हो । तर यसका कारण कतिजनालाई असर गर्‍यो भन्ने बारेमा भने केहि बताएको छैन।

ग्राहकहरुको डाटा कम्पनीहरूका लागि विज्ञापन राख्नेर निर्णय गर्नका लागि सघाउ पुर्‍याउन अत्यन्त महत्वपूर्ण हुने गर्छ। यसबाट उनीहरूलाई ग्राहकहरूले उनीहरूको उत्पादनमा उत्सुक होलान् भनेर निर्णय गर्ने आधार प्रदान गर्छ। उनीहरूले त्यसैको आधारमा प्रयोगकर्ताका वालमा आफ्नो विज्ञापनहरू राख्ने गर्छन्।

ट्वीटरले प्रयोग भएको हुनसक्ने भनिएको डाटामा प्रयोगकर्ताका देशको कोड, विज्ञापनको बारेमा जानकारी र उनीहरूको विषय विशेषप्रतिको रूचि र समयलगायतका विवरण समावेश भएको हुनसक्ने बताएको छ।

ट्वीटरले सोमबार नै यो समस्याको समाधान गरिसकेको जानकारी दिएको छ भने यो घट्नामा पनि डाटा शेयर गर्ने आधिकारीक सेटिंगलाई सुधार गरिएको जानकारी दिएको छ ।

‘हामीले यो विषयलाई गंभिररुपमा लिएका छौं, जतिबेला यो समस्या आयो, हामीले त्यसको रिभ्यू गरेका छौं, तपाईँहरूले तपाईँको रोजाइ पछ्याउन हामीलाई विश्वास गर्नुभयो तर हामी यहाँ चुक्यौं,’ ट्विटरले आफ्नो आधिकारीक ब्लगमा भनेको छ।

पछिल्ला दिनहरुमा सामाजिक संजालहरुमा प्रयोगकर्ताहरुको डाटा दूरुपयोग भएका घट्नाहरु सार्वजनिक हुँदै गरेका छन् । यसअघि पनि फेसबुकले प्रयोगकर्ताहरुको डाटा बेचेको आरोप लाग्दै आएको छ । प्रयोगकर्ताहरुको डाटा प्रयोगको बारेमा ट्वीटर फेसबुक भन्दा केहि पारदर्शि रहेको छ । एजेन्सी ।

Global Bank
easy care

प्रकाशित: २२ श्रावण २०७६, बुधबार

ताजा समाचार