सामसंगका डिभाइसहरुमा ह्वावे र एप्पलका डिभाइसहरु भन्दा तिब्र डाउनलोड स्पीड

Technology Khabar २२ श्रावण २०७६, बुधबार

सामसंगका डिभाइसहरुमा ह्वावे र एप्पलका डिभाइसहरु भन्दा तिब्र डाउनलोड स्पीड
Classic Tech

काठमाडौं । सामसंगका फोनहरुमा अन्य ब्राण्डका फोनहरुको भन्दा तिब्र डाउनलोड स्पीड भएको रिपोर्ट सार्वजनिक भएको छ ।
इन्टरनेटको बारेमा अध्ययन र विश्लेषण गर्ने ओपनसिग्नलकाअनुसार सामसंगका फोनहरुमा फोरजी एलटिई डाउनलोड स्पीड ह्वावे र एप्पलका फोनहरुको तुलनामा उच्च रहेको छ ।

ओपनसिग्नलले ४० देशहरुमा करोडौं डिभाइसहरुमा गरेको अध्ययनअनुसार यस्तो देखिएको रिपोर्ट आएको छ ।

सामसंगका डिभाइसहरु अमेरिकासहित १४ वटा बजारहरुमा तिब्र किसिमका देखिएका थिए, जहाँ सामसंग डिभाइसहरुमा ८.२ मेगाबाईट प्रति सेकेण्डको तिब्रतर डाउनलोड स्पीड रहेको थियो, यो आइफोन भन्दा तिब्र हो । त्यसैगरि नर्वेमा सामसंग यूजर्सले ह्वावेका यूजर्सभन्दा १२ एमबिपिएस छिटो डाउनलोड पाएका थिए भने आइफोन यूजरहरुभन्दा १४ एमबिपिएस तिब्र रहेको थियो ।

यी देशहरुमा अष्ट्रेलिया, चिली, भारत, इण्डोनेसिया, आयरल्याण्ड, इटाली, मलेशिया, मेक्सिको, नेदरल्याण्ड्स, नर्वे, रसिया, स्पेन, स्विडेन, यूएसए छन् ।

एप्पल आइफोनहरु यूएई र ताईवानमा तिब्र डाउनलोडमा अग्रस्थानमा थिए जहाँ आइफोनमा क्रमशः १४.७ एमबिपिएस र ८ एमबिपिएस सामसंगको डिभाइस भन्दा छिटो भएका थिए । एप्पल यूजर्स अगाडि भएको देशहरुमा ब्राजिल, कोस्टारिका, कुवेत, मोरक्को, साउदी अरेबिया, ताईवान र यूएई छन् ।

रिपोर्टअनुसार दक्षिण कोरियापछि क्यानाडा र सिंगापुरमा भएका यूजर्सहरुले रेकर्डयुक्त डाउनलोड स्पीडको अनुभव पाएका थिए, जसमा क्रमशः ६७.१ एमबिपिएस र ६५.४ एमबिपिएस छन् ।

यसबाहेक एलटिईको क्याटगोरीलाई आधारमानेर तीन तहमा विभाजन गर्ने हो भने सामसंग उच्च तहमा ग्लोबल डाउनलोड स्पीड २६.६ एमबिपिएससहित अग्रस्थानमा छ भने एप्पल २५.१ एमबिपिएससहित दोस्रो तथा ह्वावे २४.४ एमबिपिएससहित तेस्रो स्थानमा छ । एप्पल १६.५ एमबिपिएससहित मध्यम तहको अग्रस्थानमा छ भने ह्वावे १२.१ एमबिपिएससहित न्यून तहको स्तरमा रहेको छ ।

ओपनसिग्नलले फोरजीको उपलब्धता, भिडियो एक्सपेरिएन्स, अपलोड स्पीड एक्सपेरिएन्स, लेटेन्सी, डाउनलोड स्पीडलगायतको आधारमा यो रिपोर्ट तयार पारेको हो ।

स्रोत माध्यम

TK Viber

प्रकाशित: २२ श्रावण २०७६, बुधबार

Loading...