Technology Khabar २२ श्रावण २०७६, बुधबार
काठमाडौं ।
काठमाडौं । एप्पलले सन् २०२१ मा आउने आइफोनहरुमा व्यापक परिवर्तित प्रविधिहरु प्रयोग गर्ने भएको छ । एप्पलको बारेमा विश्लेषण गरिरहने चर्चित विश्लेषक मिंग ची कुओले हालै सन् २०२१ मा आउने एप्पलको बारेमा नयाँ प्रक्षेपणहरु गरेका छन् ।
उनकाअनुसार सन् २०२१ आइफोनमा दुईवटा बायोमेट्रिक अथेन्टिकेसन मेथड राखिएको हुनेछ । कम्पनीले फेस आईडीलाई निरन्तरता दिनेछ भने यसका साथमा टच आईडीलाई पनि अण्डर दि स्क्रीन फिंगरप्रिन्ट रिडरको रुपमा ल्याउनेछ ।
करिब २ वर्षपछि आउने आइफोनहरुको बारेमा अहिले नै अनुमान लगाउनु कठिन भएपनि एप्पलले जहिले पनि नयाँ टेक्नोलोजीलाई परिस्कृत भएपछि मात्र प्रयोग गर्ने गरेको हुँदा यो संभव भएको बताईएको छ ।
इन डिस्प्ले फिंगरप्रिन्ट टेक्नोलोजी भर्खरै मात्र शुरु भएको छ, जुन हाल एप्पलले प्रयोगमा ल्याएको छैन् । एप्पलले अण्डर डिस्प्ले फिंगरप्रिन्ट रिकोग्निसन टेक्नोलोजीको लागि पेटेन्ट दर्ता गरिरहेको छ र भविश्यमा कम्पनीले त्यसलाई ग्रहण गर्ने अनुमान छ।
कुओले सो नयाँ प्रविधिसहितका आईफोन ल्याउनुभन्दा अगाडि कम्पनीले केहि काम गर्नुपर्ने उल्लेख गरेका छन् । इन डिस्प्ले फिंगरप्रिन्ट टेक्नोलोजी राख्दा त्यसको लागि उर्जा खपत, सेन्सिंग एरियाको साइज, मोडुलको मोटाई र प्रोडक्सन यील्ड रेटलगायतका विषयहरु हेर्नुपर्ने हुन्छ । कम्पनीले यी विषयहरुलाई आगामी १८ महिनामा समाधान गरिसक्ने अनुमान समेत गरेका छन् ।
एप्पलले क्वालकमको अल्ट्रासोनिक फिंगरप्रिन्ट टेक्नोलोजी प्रयोग गर्ने अपेक्षा गरिएको छ ।
यसबाहेक एप्पल वाचमा पनि थप अतिरिक्त सेक्यूरिटीहरु राखिने विश्लेषक कुओले अनुमान गरेका छन् ।
प्रकाशित: २२ श्रावण २०७६, बुधबार