शाओमीले ल्यायो नयाँ जेनेरेशनको गेमिंग ल्यापटप, १६ जीबी र्याम र ९औं जेनेरेशनको इन्टेल कोर चीप

Technology Khabar २१ श्रावण २०७६, मंगलवार

शाओमीले ल्यायो नयाँ जेनेरेशनको गेमिंग ल्यापटप, १६ जीबी र्याम र ९औं जेनेरेशनको इन्टेल कोर चीप

काठमाडौं ।

काठमाडौं । शाओमीले गेमिंग ल्यापटप २०१९ लन्च गरेको छ । शाओमीको नयाँ ल्यापटप नयाँ जेनेरेशनको ल्यापटप हो जून गत वर्ष मार्चमा प्रदर्शन गरिएको गेमिंग नोटबुकको अपग्रेड हो ।

नयाँ एमआई गेमिंग ल्यापटप मोडलमा १४४ हर्ज रिफ्रेश रेटयुक्त फूलएचडी डिस्प्ले राखिएको छ ।

शाओमीको एमआई गेमिंग ल्यापटपमा ९ औं जेनेरेशनको इन्टेल कोर आई ७ प्रोसेसर राखिएको छ भने यसमा क्विक कूलिंग थर्मल म्यानेजमेन्ट सिस्टम दिईएको छ । यो ल्यापटपमा डल्बी सराउण्ड साउण्डका साथै रेज अडियो सर्टिफाईड अडियो सिस्टम छ ।

यसबाहेक एमआई गेमिंग ल्यापटप २०१९ मा चारवटा पार्टीशन भएको ब्याकलिट कीबोर्ड रहेको छ ।

कम्पनीले चीनमा यसको लागि प्री अर्डर शुरु गरिसकेको छ । एमआई गेमिंग ल्यापटप २०१९ को मूलय ७,४९९ यूआनदेखि शुरु हुन्छ ।
यो ल्यापटपमा चारवटा यूएसबी ३.० फुल साइज एचडीएमआई २.०, गीगाबिट इथरनेट तथा ३.५ एमएमको हेडफोन ज्याक राखिएको छ । ल्यापटपमा थ्री इन वान कार्ड रिडर पनि उपलब्ध छ ।

शाओमीले यसमा १६ जीबीको डिडिआर सिक्स र्याम राखेको छ भने यसमा ५१२ जीबीको एसएडी स्टोरेज ड्राइभ रहेको छ । यसमा तातो

हावा बाहिर निकाल्नको लागि चारवटा एयर आउटलेट राखिएको छ, जसले गर्दा ल्यापटप तात्ने क्रम १६ प्रतिशत कम गर्दछ ।

यसमा १५.६ इन्चको डिस्प्ले राखिएको छ भने यो विण्डोज १० मा आधारित रहेको छ । एजेन्सी

easy care

प्रकाशित: २१ श्रावण २०७६, मंगलवार