शाओमीको सोलार पावरयुक्त स्मार्टफोन, अण्डरस्क्रीन क्यामराका साथै अण्डरस्क्रीन फिंगरप्रिन्ट सेन्सर

Technology Khabar २० श्रावण २०७६, सोमबार

शाओमीको सोलार पावरयुक्त स्मार्टफोन, अण्डरस्क्रीन क्यामराका साथै अण्डरस्क्रीन फिंगरप्रिन्ट सेन्सर

काठमाडौं ।

काठमाडौं । चिनियाँ टेक कम्पनी शाओमीले हालै नयाँ डिजाइनको स्मार्टफोनको पेटेन्ट दर्ता गरेको छ । कम्पनीले पहिलो पटक सोलार प्यानेलसहितको स्मार्टफोनको पेटेन्ट गरेको हो ।

साओमीले सोलार प्यानललाई स्मार्टफोनको पछाडिको भागमा राख्ने गरि पेटेन्ट गरेको हो । यो स्मार्टफोन निकै पातलो छ भने एज टू एज स्क्रीन डिजाइन छ भने सोलार प्यानल मोडूल पछाडिको भागमा राखिएको छ ।

यसको फ्रन्टमा क्यामराको लागि कुनै स्थान छैन्, यसको अर्थ शाओमीले यो डिजाइनमा अण्डर स्क्रीन क्यामराका साथै अण्डर स्क्रीन फिंगरप्रिन्ट सेन्सर राख्नेछ ।

शाओमीको सोलार पावरयुक्त स्मार्टफोनको विचार निकै उत्कृष्ट भएपनि यो निकै जटिल र जोखिमयुक्त प्रोजेक्ट हुनसक्ने अनुमान गरिएको छ ।

यसअघि एलजीले पनि सन् २०१० मा सोलार पावर चार्जिंग कभर भएको स्मार्टफोन ल्याएको थियो जून त्यति मनपराईएन् । एलजीको सो स्मार्टफोन कभरले १० मिनेटको चार्जमा केबल २ मिनेटको टक टाइम दिने गर्दथ्यो ।

शाओमीको सोलार पावर युक्त स्मार्टफोनमा ड्रयूल रियर क्यामरा ठाडो डिजाइनमा राखिनेछ भने त्यसको मुनीको भागमा मात्र सोलार प्यानल हुनेछ ।

शाओमीको नयाँ सोलार पावरयुक्त स्मार्टफोन कुन अवस्थामा कम्पनीले विकास गरिरहेको छ भन्ने जानकारी छैन् ।

एजेन्सी

Global Bank
easy care

प्रकाशित: २० श्रावण २०७६, सोमबार

ताजा समाचार