पूर्वाधार सम्मेलन २०१९ को तयारी द्रुत गतिमा

Technology Khabar १९ श्रावण २०७६, आईतवार

पूर्वाधार सम्मेलन २०१९ को तयारी द्रुत गतिमा

काठमाडौं ।

काठमाडौं । नेपाल उद्योग परिसंघले आगामी भदौ २५ र २६ गते काठमाडौंमा आयोजना गर्न लागेको तेस्रो नेपाल पूर्वधार सम्मेलन २०१९ को तयारी द्रुत गतिमा अघि बढेको जानकारी दिएको छ ।

परिसंघले नेपाल सरकार लगानी बोर्ड, नेपाली युवा निर्माण व्यवसायी समुदायसमेतको सहकार्यमा “दिगो विकासका लागि मजबूत पूर्वाधार” को मूल भाव सहित आयोजना गर्न लागेको यो सम्मेलन सरकारले गत वर्ष सम्पन्न गरेको लगानी सम्मेलन २०१९ को फलोअप सम्मेलनका रुपमा रहने आयोजक संस्थाले उल्लेख गर्यो ।

सम्मेलनको तयारी बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले भने, “पूर्वाधारमा गरिने उच्च लगानीको ‘मल्टिप्लायर इफेक्ट’ अर्थात बहुआयामिक प्रभावले आर्थिक वृद्धिमा ठूलो योगदान गर्छ । नेपाल सरकारले पनि समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाक्षां तय गरेर पूर्वाधार विकासलाई केन्द्रमा राख्ने नीतिले निजी क्षेत्रलाई पूर्वधार विकासमा लगानी बढाउन तथा सार्वजनिक निजी साझेदारीमा ठूला परियोजना विकास गर्न अवसरहरु प्राप्त भइरहेका छन् । यो सम्मेलन मार्फत पूर्वाधारमा लगानी बढाउने अवसरहरु लिन लगानीकर्ताहरुले ध्यान केन्द्रित गर्ने छन् ।”

पूर्वाधारको आवश्यकता तथा विकासमा प्रदेशहरुले देखाएको अग्रसरता तथा लक्ष्यलाई पनि अध्यक्ष यो सम्मेलनले महत्वका साथ समेट्ने छ । सम्मेलनको पूर्वतयारी स्वरुप प्रादेशिक पूर्वाधार सम्मेलन आयोजना भइरहेका छन् । प्रादेशिक पूर्वाधार सम्मेलनको निश्कर्ष पनि यो सम्मेलनको आकर्षण रहने छ ।

दुई दिनसम्म सञ्चालन गरिने उक्त पूर्वाधार सम्मेलनमा देशभित्र र बाह्य देशहरुका ५०० भन्दा बढी लगानीकर्ताहरुको सहभागिता हुने परिसंघले जनाएको छ ।

easy care

प्रकाशित: १९ श्रावण २०७६, आईतवार

ताजा समाचार