सामसंगले ‘ग्यालेक्सी बूक एस’ ल्यापटप ल्याउँदै, विण्डोज १०, स्न्यापड्रागन ८५५ र ८ जीबी र्याम

काठमाडौं । सामसंगले गत वर्ष विण्डोजमा आधारित ग्यालेक्सी बूक २ (Galaxy Book 2) ल्यापटप लन्च गरेको थियो भने यो वर्षपनि त्यसको अपडेटेड लाइनअप ल्याउने तयारी गरिरहेको छ ।

कम्पनीले ‘ग्यालेक्सी बूक एस’ Galaxy BookS नाममा नयाँ ल्यापटप ल्याउने तयारी गरिरहेको छ ।

ग्यालेक्सी बूक २ जून टू-इन-वान डिभाइस रहेको थियो जसलाई ल्यापटप वा ट्याबलेटको रुपमा प्रयोग गर्न सकिन्थ्यो । तर अहिले कम्पनीले बूक एसलाई भने ल्यापटपको रुपमा मात्रै ल्याउन लागेको हो ।

हालै लीक भएको तस्वीरकाअनुसार यसमा किबोर्ड अट्याच रहेको छ भने यसमा स्लीम बेजेलसहितको डिस्प्ले रहेको छ । यसमा भिडियो कन्फ्रेन्सका लागि फ्रन्ट क्यामरा स्क्रीनभन्दा माथिको भागमा रहेको छ ।

रेण्डर फोटोमा सो ल्यापटपमको यूएसबी टाइप सी-पोर्ट समेत देखिन्छ जुन ल्यापटपको बाँया साइडमा रहेको देखिन्छ ।

सामसंगको सो डिभाइस ग्यालेक्सी बूक एस गीकबेन्चमा देखिएको थियो । सो अनुसार यसमा विण्डोज १०, स्न्यापड्रागन ८५५ र ८ जीबी र्याम रहेको छ ।

हालसम्म कुनै जानकारी नआएपनि यो ल्यापटप सामसंगले गर्ने ग्यालेक्सी नोट १० इभेन्टमा आधिकारीकरुपमा घोषणा हुनसक्ने अनुमान गरिएको छ ।

माध्यम

Leave a Reply