ओयाद्वारा नेपालका लागि नयाँ कन्ट्री हेडमा विक्की योल्मो नियुक्त

Technology Khabar १७ श्रावण २०७६, शुक्रबार

ओयाद्वारा नेपालका लागि नयाँ कन्ट्री हेडमा विक्की योल्मो नियुक्त
NTC_Advt

काठमाडौं ।

काठमाडौं । ओयो होटल एण्ड होम्स्, दक्षिण एशियाकै सबैभन्दा ठूलो, चीनको दोस्रो ठुलो, विश्वकै तेस्रो ठुलो र सबैभन्दा तीव्र गतिमा फैलिरहेको फ्रयानचाईज होटल, घरहरु र आवासले आज नेपालका लागि कन्ट्री हेडमा विक्की योल्मोलाई नियुक्त गरेको छ ।

योल्मो ११ वर्ष भन्दा बढि स्ट्याटिजिक बिजनेस म्यानेजमेन्ट स्पेश्यालिस्ट हुन् । उनले आईआईटी दिल्लीबाट स्नातक गरेका छन् भने एमबीए आईआईएम कलकत्ताबाट गरेका हुन् । उनले फूड, डेरी, एफएमसीजी, रिटेल र एग्री कमोडिटिस्मा उत्कृष्ट काम गरेका छन् ।

विक्कीले देवयानी फूड इन्डस्ट्री लिमिटेड (क्रिमबेल डेरी), भिआरएस फुड लिमिटेड (पारस डेरी), ओलाम इन्टरनेशनल लिमिटेड, बाटा इन्डिया लिमिटेड (रिटेल अपरेशन म्यानेजमेन्ट–फुटवेयर) तथा रिलायन्स रिटेल (प्राइभेट लेबल फूड–स्टेपल श्रेणी) मा काम गरिसकेका छन् ।

गो–टु–मार्केट र ग्रोथ ह्याकिङ स्ट्याटिजिको राम्रो ज्ञान भएका विक्कीले नेपालमा ओयोको पदचिन्ह फैलाउदै एकसाथ होटल उद्योगमा सयौं थप आर्थिक अवसरहरु सृजना गर्न मद्दत गर्ने कम्पनीले जानकारी दिएको छ ।

ओयो नेपालका नयाँ कन्ट्री हेड विक्की योल्मोले भने, ‘ओयोले आफ्नो नविनतम बिजनेस मोडलबाट भारतलगायत विश्व आतिथ्य उद्योगमा नयाँ इतिहास रचेको छ । म ओयोमा असाधारण प्रतिभा भएका जोशीला टोलीका साथ नेपालमा ठुलो भूमिका निर्वाह गर्दै ब्राण्डको उपस्थीतिलाई बलियो बनाउने आशा राखेको छु ।’

नेपालको ओयो चेनमा ३३० भन्दा बढि फ्र्यानचाईज होटल र ५५०० भन्दा बढि कोठाहरु रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित: १७ श्रावण २०७६, शुक्रबार