भारतमा भीभो भी१५ प्रोको मूल्य घट्दा नेपालमा भने महंगो मूल्य कायमै, कहिले घट्ला मूल्य ?

Technology Khabar १७ श्रावण २०७६, शुक्रबार

भारतमा भीभो भी१५ प्रोको मूल्य घट्दा नेपालमा भने महंगो मूल्य कायमै, कहिले घट्ला मूल्य ?
फाइल फोटोः नेपालमा भीभो भी१५ प्रो सार्वजनिक गरिँदै ।
Global IME Bank

काठमाडौं ।

काठमाडौं । करिब ६ महिना अगाडि भारतमा लन्च भएको भीभोको भी १५ प्रो (Vivo V15 Pro) स्मार्टफोनको मूल्य कटौती भएको छ । लन्चको समयमा केहि महंगो मूल्यमा आएपनि भारतीय बजारमा कम्पनीले हाल स्थाईरुपमा नै मूल्य घटाएको छ ।

भीभो भी १५ प्रोको नयाँ मूल्य भारतीय बजारमा २३,९९० भारुदेखि शुरु हुन्छ, जसमा ६जीबी र्याम र १२८ जीबी स्टोरेजको फोन पाईन्छ यसअघि यसको मूल्य २६,९९० भारु रहेको थियो । त्यस्तै कम्पनीले ८ जीबी १२८ जीबी स्टोरेज भएको स्मार्टफोनको मुल्य पनि भारु २९,९९० बाट घटाएर २६,९९० भारु तोकेको छ ।

भीभो भी १५ प्रोको नयाँ मूल्य यसअघि नै भारतीय ईकमर्श फ्लिपकार्ट र अमेजनमा आईसकेको छ भने अफलाईन स्टोरहरुमा पनि लागू गरिएको छ ।

भारतीय बजारमा करिब ४ हजार रुपैयाँले मूल्य कटौती भएपनि नेपाली बजारमा भने सो स्मार्टफोनको मूल्य अझै घटेको छैन् ।
नेपाली बजारमा भीभो भी १५ प्रो ६ जीबी र्याम र १२८ जीबी स्टोरेजको मूल्य ४६ हजार ५०० रुपैयाँ तोकिएको छ । यो मूल्य छिमेकी मुलुक भारतको भन्दा निकै महंगो मूल्य हो । सामान्यरुपमा तुलना गर्दा पनि नेपाली बजारको मूल्य र भारतीय बजारको मूल्यबिच करिब ८ हजार १ सय रुपैयाँको फरक देख्न सकिन्छ ।

यसको अर्थ ग्राहकहरुले एउटै स्मार्टफोन भीभो भी १५ प्रो छिमेकी मुलुक भारतमा निकै सस्तो मूल्यमा पाउँछन भने नेपाली ग्राहकहरुले भने महंगो मूल्य तिर्नुपर्ने हुन्छ ।

अहिले एस सिरिजको प्रबद्र्धनमा लागेको भीभोले नेपाली बजारमा तत्काल मूल्य घटाउने कुनै अपेक्षा गर्न सकिँदैन् । त्यसैले नेपाली ग्राहकहरुले महंगो मूल्यमा नै भीभो भी १५ प्रो किन्नुपर्ने हुन्छ ।

Sajilo Visa

प्रकाशित: १७ श्रावण २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया