अब एप्पलले सिरीमार्फत यूजर्सको कुराकानी नसुन्ने, गूगलले पनि त्यस्तो कार्यक्रम रोक्यो

Technology Khabar १७ श्रावण २०७६, शुक्रबार

अब एप्पलले सिरीमार्फत यूजर्सको कुराकानी नसुन्ने, गूगलले पनि त्यस्तो कार्यक्रम रोक्यो
NTC_Advt

काठमाडौं । एप्पलले केहि समयको लागि सिरीको रेकर्डिंग रोक्ने निर्णय गरेको छ । कम्पनीले सिरीमार्फत प्रयोगकर्ताहरुको कुराकानी तेस्रो पक्षिय कन्ट्र्याक्टरले सुन्ने गरेको रिपोर्ट आएपछि कम्पनीले हाल यो कार्यक्रमलाई विश्वभर सस्पेन्ड गरेको छ ।

कम्पनीले सिरीको रेकर्डिंग क्वालिटी कन्ट्रोलको लागि सुन्ने गरेको दाबी गर्दै आएको थियो ।

यो रोक्नका लागि एप्पलले एक सफ्टवेयर अपडेट जारी गर्ने तयारीमा छ जसमार्फत यूजर्सलाई अप्शन हुनेछ । यदि कुनै प्रयोगकर्ताले सो सिरी ग्रेडिंग प्रोग्राममा सहभागी हुन चाहन्छ भने हुनसक्नेछ अथवा नचाहेको अवस्थामा आउट गर्न सक्नेछ ।

एप्पलले प्रयोगकर्ताको प्राइभेसी रक्षा गर्न प्रतिबद्ध रहेको भन्दै सिरीको अनुभवलाई पनि उच्च बनाउन चाहेको उल्लेख गरेको छ ।

‘हामी यसको पूर्ण रिभ्यू नगरेसम्म विश्वव्यापीरुपमा सिरी ग्रेडिंगलाई सस्पेन्ड गरेका छौं, अतिरिक्त सफ्टवेयर अपडेटमार्फत यूजरले ग्रेडिंगमा सहभागी हुन छनौटको अवसर पाउनेछन्,’ एप्पलले भनेको छ ।

अर्कोतर्फ गूगलले पनि केहि समयको लागि गूगल असिस्टेन्टको रिकर्डिंग सुन्ने प्रोग्राम रोक्ने घोषणा गरेको छ । गूगलका कर्मचारीले गूगल असिस्टेन्टको रेकर्डिंग सुन्ने गरेको रिपोर्ट आएको थियो । यसमा पनि कम्पनीले क्वालिटी कन्ट्रोलको लागि गरिएको बताएको थियो ।

सो रिपोर्टपछि जर्मनीको ह्याम्बर्ग कमिशनर फर डेटा प्रोटेक्सन एण्ड फ्रिडम अफ इनफर्मेशनले गूगललाई म्यानुअल अडिट गरिने यी रेकर्डहरुको विरुद्ध कारबाही शुरु गरेको छ । त्यसपछि नै गूगलले यो कार्यक्रमलाई रोकेको बताएको हो ।
एजेन्सी

प्रकाशित: १७ श्रावण २०७६, शुक्रबार