क्वालकम र टेनसेन्ट मिलेर फाइजी प्रविधियुक्त गेमिंग स्मार्टफोन बनाउने, ५जी नोटबुक पनि ल्याउने

Technology Khabar १६ श्रावण २०७६, बिहीबार

क्वालकम र टेनसेन्ट मिलेर फाइजी प्रविधियुक्त गेमिंग स्मार्टफोन बनाउने, ५जी नोटबुक पनि ल्याउने

काठमाडौं ।

काठमाडौं । टेक कम्पनीहरु क्वालकम र टेनसेन्ट मिलेर ५जी गेमिंग स्मार्टफोनको विकास गर्ने भएका छन् । दुबै कम्पनीले अन्य प्रोजेक्टहरुमा सहकार्यका साथ नयाँ फाइभजी गेमिंग स्मार्टफोन पनि ल्याउने भएका हुन् ।

सम्झौताअनुसार टेनसेन्ट गेम्सलाई क्वालकमको स्न्यापड्रागन गेम चीपहरु प्रयोग भएका एन्ड्रोयड फोनहरुकाका लागि योग्य हुने गरि सुधार गरिनेछ ।क्वालकम र टेनसेन्टले यसबाहेक संयुक्तरुपमा फाइभजी गेमिंग फोन पनि विकास गर्नेछन् ।

यो सम्झौताले टेनसेन्टको स्ट्रीम गेम सर्भिस योजनालाई सहयोग गर्नेछ । ५जी डिभाइसहरु अहिलेको डिभाइसहरु भन्दा तिब्र कनेक्सन स्पीड भएका हुन्छ भने त्यसमा अधिक जटिल किसिमका गेमहरु पनि सजिलै खेल्न सकिन्छ । माइक्रोसफ्ट र गूगलले पनि स्ट्रीम गेम सर्भिस शुरु गरिसकेका छन् ।

टेनसेन्टले जुलाई महिनाको शुरुवातमा नै असुससँग रोग ब्राण्डमा गेमिंग फोन लन्च गर्न सहकार्य गरेको थियो जसमा क्वालकमको चीप्स प्रयोग हुनेछ ।

यसबाहेक टेनसेन्ट र क्वालकमले आगामी दिनमा क्वालकम प्रोसेसरहरु भएको गेमिंग नोटबुकका लागि पनि काम गर्नसक्ने बताईएको छ । त्यसैगरि नयाँ पुस्ताका नोटबुकहरु जसमा ५जी प्रविधियुक्त हुनेछन, त्यसको लागि पनि काम गर्नेछन् ।

टेनसेन्टले क्वालउडमा आधारित सेवा इन्स्ट्यान्ट प्ले विकास गरिरहेको छ जसलाई गेम डेभलपरहरुकालाई पावर स्ट्रीमिंग गेम्सको लागि प्रयोग गर्न सक्नेछन् ।

क्वालकम विभिन्न एन्ड्रोयड भेन्डरहरुका स्मार्टफोनको लागि चीप आपूर्ति गर्ने विश्वको सबैभन्दा ठूलो कम्पनी हो भने टेनसेन्ट चीनको सबैभन्दा ठूलो मोबाइल सफ्टवेयर कम्पनी हो जसको बजारीकरण पूँजी ४५३ बिलियन डलर रहेको छ ।

यसले पबजीलगायतका चर्चित अनलाइन तथा मोबाइल गेमहरु बनाएको छ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: १६ श्रावण २०७६, बिहीबार

ताजा समाचार