महालक्ष्मी लाईफ इन्स्योरेन्सको प्रथम वार्षिक शाखा सम्मेलन सम्पन्न

Technology Khabar १६ श्रावण २०७६, बिहीबार

महालक्ष्मी लाईफ इन्स्योरेन्सको प्रथम वार्षिक शाखा सम्मेलन सम्पन्न

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो प्रथम वार्षिक शाखा सम्मेलन यहि साउन १२ र १३ गते पोखरामा सम्पन्न गरेको छ। STRATEGIC BUSINESS MEET 2019 नाम दिइएको सम्मेलनको समुदघाटन इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले गरे।

सम्मेलनमा नायव प्रमुख कार्यकारी अधिकृत, विभागिय प्रमुख र देशभर रहेका ४७ वटा शाखाका प्रमुखहरू समेत ६५ जनाको सहभागिता रहेको थियो।

STRATEGIC BUSINESS MEET 2019 नारासहित २ दिन संचालित उक्त सम्मेलनको पहिलो दिन आव २०७६।७७ को लक्ष्य, रणनिति र कार्यक्रम बारेमा बृहत छलफल भएको थियो।

दोस्रो दिन सम्पुर्ण शाखा र उपशाखा प्रमुखलाई लेखा, अण्डरराईटिंग , एजेन्सी लगायत विविध विषयमा प्रधान कार्यालयका अधिकृतहरूबाट तालिम दिइएको थियो। कार्यक्रममा लक्ष्य पुरा गर्नेलाई नगद पुरस्कार र विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई सम्मान गरिएको थियो।

महालक्ष्मी लाईफले ५० जिल्ला भन्दा बढीमा तालिम तथा जनचेतना कार्यक्रम संचालन गरेको, ४७ वटा कार्यालय खोलेको, ५ वटा प्रोडक्ट प्रचलनमा ल्याएको तथा २५ करोड प्रिमियम संकलन गर्न सफल भएको जनाएको छ ।

प्रकाशित: १६ श्रावण २०७६, बिहीबार

Comments are closed.

Loading...