चार्जमा राखेको मोवाइल फोन प्रयोग गर्दा १५ वर्षिय किशोरको मृत्यु

Technology Khabar १६ श्रावण २०७६, बिहीबार

चार्जमा राखेको मोवाइल फोन प्रयोग गर्दा १५ वर्षिय किशोरको मृत्यु

काठमाडौं ।

विराटनगर । चार्जमा राखेको मोवाइल फोन प्रयोग गर्दा बुधबार एकजना किशोरको मृत्यु भएको छ । चार्जमा राखेको मोबाइल प्रयोग गर्दा मोरङको लेटाङ नगरपालिका– ३ त्रिशुली चोकका १५ वर्षिय सौजन राईको मृत्यु भएको हो ।

मोवाइल चार्जमा राखेर गेम खेलिरहेको अवस्थामा बुधबार मध्यरातमा सौजनलाई सो मोबाइलको चार्जरमार्फत करेन्ट लागेको थियो ।

चार्जमा राखेको मोबाइलबाट करेन्ट लाग्दा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङकाका डीएसपी राजकुमार खिइजुले जानकारी दिए ।

सौजन बुधबार राति साथी सुरज राईको घरमा सुत्न गएका थिए । दुबैजना एउटै खाटमा सुतेका थिए । खाटको छेउमा सुतेका सौजनलाई मोवाइल चार्जमा राखेर गेम खेल्ने क्रममा एक्कासी करेन्ट लागेको रिपोर्टमा उल्लेख छ ।

प्रहरीका अनुसार करेन्ट लागेर सौजन छटपटाएपछि सुरजले बुवा, आमालाई बोलाएर बिजुली बन्द गरेका थिए ।

करेन्ट लागेका बेला मोबाइल सौजनको हातमा नै थियो । घटनास्थलमा पुगेको प्रहरीले बन्द अवस्थामा मोबाइल फेला पारेको छ ।

Global Bank
easy care

प्रकाशित: १६ श्रावण २०७६, बिहीबार