हुण्डाई एक्सचेन्ज योजना विहिबारबाट शुरु

Technology Khabar १५ श्रावण २०७६, बुधबार

हुण्डाई एक्सचेन्ज योजना विहिबारबाट शुरु
Classic Tech
Nepal Telecom

काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले यहि साउन १६ गते विहिबारदेखि हुण्डाइ एक्सचेन्ज कार्यक्रम देशभरि ल्याएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले यहि साउन १६ गते विहिबार देखि साउन २३ गते विहिबार बिहानको १० बजे दखि साझँको ६ बजेसम्म हुण्डाई एक्सचेन्ज कार्यक्रम ल्याएको छ ।

एक्सचेन्जका साथै स्पट एक्सचेन्ज एण्ड भ्यालुएसन, इजी फाइनान्स एण्ड इन्स्योरेन्स, र आकर्षक क्यास डिस्काउन्टसँगसगै लोयल्टि बोनस १५ हजार रुपैयाँ बरावरको र एक्सचेन्ज बोनस १ लाख ५० हजार रुपैयाँसम्म साथै ४ बर्षको फ्रि सर्भिस, ३ बर्षको वारेन्टी रहने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका महाप्रवन्धक रुपेश शर्मा भट्टले भने ‘ग्राहकहरुलाई सधै उत्कृष्ट सुविधा प्रदान गर्न लक्ष्मी हुण्डाई तल्लीन रहेको छ । यस देश व्यापी कार्यक्रमले पनि ग्राहकहरुलाई उत्कृष्ट भ्हअजबलनभ योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्नेछ ।’

हुण्डाइ एक्सचेन्ज क्याम्प नेपालको सम्पुर्ण डिलर नेटवर्कमा उपलव्ध रहेको कम्पनीले जनाएको छ ।

TK Viber

प्रकाशित: १५ श्रावण २०७६, बुधबार

Loading...