Technology Khabar १५ श्रावण २०७६, बुधबार
काठमाडौं ।
काठमाडौं । भुक्तानी सेवाप्रदायक सेलकम प्राईभेट लिमिटेडले आफ्नो सेवा शुरु गरेको छ। नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्राईभेट लिमिटेडले सेलपे सेवा नामक संचालनमा ल्याएको हो।
मोबाइल तथा वेब एप्लीकेशनको माध्यमबाट विभिन्न प्रकारका भुक्तानीहरु गर्न सकिने सेलकमले जानकारी दिएको छ।
रियल टाइममा भुक्तानी गर्न सकिने बताईएको यसमा वालेटको सुविधा भने छैन् ।
कम्पनीकाअनुसार सेलपेमा व्यक्तिको नाममा वालेट वा खातामा पैसा जम्मा हुँदैन। यसमा भएको खाता सिधै बैंकसँग जोडिएको हुने र त्यसबाट नै रकम भुक्तानी गर्न सकिने छ ।
।
यो सेवा प्रयोग गर्नका लागि पैसा भुक्तानी दिने र लिने दुवैसँग सेलपेको खाता हुनुपर्छ। सेलपेको खाता बैंक खातासँग जोडिएको हुनुपर्नेछ । सिधै बैंकको खातासँग जोडिएको सेवा भएको हुँदा यो सुरक्षित भएको कम्पनीको दाबी छ ।
यसमा एप्लीकेशन डाउलोड गरेपछि जुन मोबाइलमा गरिएको हो त्यसमा मात्र चलाउन मिल्छ। यस्तो अवस्थामा मोबाइल हराएमा पनि प्रयोगकर्ताले चिन्ता लिनुनपर्ने कम्पनीले जानकारी दिएको छ। कम्पनीले मोबाइलमा कुनैपनि जानकारीहरु स्टोर नगर्ने उल्लेख गरेको छ ।
सेलपे सेवा एप एक पटकमा केवल एक मोवाईल सेटसंग मात्र चल्ने गरी सिमित गरिएको छ । यदि मोबाईल सेट परिवर्तन भएको खण्डमा नयाँ मोवाईल सेटबाट लग ईन गर्नुपर्छ यसो गर्दा नम्बरमा एसएमएसमार्फत ओटिपी कोड प्राप्त हुन्छ र त्यसलाई प्रयोग गरेर प्रयोग गर्न सकिन्छ ।
सेलपेबाट दूरसंचार सेवा, विजुली, खानेपानी, टिभी, इन्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्ट, सिनेमा हलहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
सेलपेबाट रकम भुक्तानी गर्दा प्रयोगकर्तालाई रकम स्थानान्तरणमा २ रुपैयाँदेखि २० रुपैयाँसम्म शुल्क लाग्ने कम्पनीले जनाएको छ ।
प्रकाशित: १५ श्रावण २०७६, बुधबार