यी १६ वर्षे युवकले अनलाइन गेम फोर्टनाइटको वर्ल्डकप जिते, ३० लाख अमेरिकी डलर पुरस्कार पाए

Technology Khabar १३ श्रावण २०७६, सोमबार

यी १६ वर्षे युवकले अनलाइन गेम फोर्टनाइटको वर्ल्डकप जिते, ३० लाख अमेरिकी डलर पुरस्कार पाए

काठमाडौं ।

काठमाडौं । अनलाइन गेम फोर्टनाइटको सबैभन्दा ठूलो प्रतिस्पर्धाको फाइनल एक १६ वर्षे युवाले जितेका छन् । यहि आइतवार भएको फाइनलको एकल प्रतियोगीतामा अमेरिकी युवा कायले ‘बुगा’ गीसडर्फले जितेका छन् ।

ईस्पोर्टमा भिडियो गेमको सबैभन्दा ठूलो प्रतियोगिता मानिएको फोर्टनाइट वल्र्डकपको फाइनलमा १०० जना प्रतिस्पर्धी सहभागी भएका मध्ये १६ वर्षे गीसडर्फले ३० लाख अमेरिकी डलरसहित पहिलो पुरस्कार जितेका हुन् ।

अमेरिकाको न्यूयोर्कमा रहेको एसे टेनिस स्टेडियममा आयोजना भएको सो प्रतियोगीतामा विश्वभरबाट १० साताको क्वालिफाईंग राउण्डबाट छानिएका १०० जना फाइनलमा सहभागी भएका थिए । जसमा रहेको पुरस्कार राशी अहिलेसम्मकै सबैभन्दा ठूलो नगद राशी हो । यो प्रतियोगितामा कुल ३० मिलियन डलरको अवार्ड विभिन्न तहमा राखिएको थियो ।

गीसडर्फले सो फाइनलमा अन्य चर्चित प्रोफेसनल तथा नाम चलेका स्ट्रीमर प्रतियोगीहरुलाई पछाडि पार्दै पहिलो स्थान हात पारेका हुन् । उनले पहिलो राउण्डमा नाइन ‘इन-गेम किल्स’ गरेर अन्य प्रतिस्पर्धीलाई पछाडि पारेका थिए भने प्रत्येक चरणमा उनले दजनौं इन गेम किल्समा सफल भएका थिए । उनले समग्रमा ५९ अंक हासिल गर्दै पहिलो स्थान हात पारे ।

सो प्रतियोगीताको दोस्रो स्थान भने २४ वर्षिय ह्यारिसन पाल्म चांगले जितेका छन जसले १.८ मिलियन डलर हात पारे भने अर्का प्रतियोगी इपिकह्वेलले तेस्रो स्थानमा रहँदै १.२ मिलियन डलर घर लगे । चौथो स्थानमा रहेका नट क्रेयो कोउले भने १.०५ मिलियन अमेरिकी डलर हात पारेका थिए ।

यसअघि एमेच्योर र प्रोफेसनल कम्पिटिसन, डु्ओ टुर्नामेन्टलगायतका प्रतियोगीता समेत भएका थिए । ट्वीचकाअनुसार यो फोर्टनाइट वल्र्ड कप अनलाइनमा करोडौं मानिसहरुले हेरेका थिए ।

सो फाइनलमा पाँचौं स्थानमा भने अर्जेन्टिनाका १३ वर्षका थिआगो ल्याप रहन सफल भएका थिए । प्रमुख पाँच स्थान मध्ये उनी मात्र अमेरिका भन्दा बाहिरका युवा प्रतियोगी थिए । उनले ९ लाख अमेरिकी डलर घर लान सफल भए ।

यसका फाइनलमा सहभागी प्रतियोगीले कम्तीमा ५० हजार डलर घर लगे ।

चीनको टेनसेन्टद्धारा निर्माण गरिएको यो अनलाइन गेम विश्वभर लोकप्रिय रहेको छ । यसको लागि विश्वभरबाट उच्चतहका भिडियो गेम प्लेयरसहभागी भईरहेका छन्् । यसमा टिनएजर प्लेयरहरु पनि सहभागी रहेका छन्, जसमध्ये अधिकांश १६ वर्षमुनिका युवाहरु रहेको बताईएको छ । जसमध्ये करिब ३० प्लेयरहरुमध्ये एक जना संभावित बिजेता हुने अनुमान छ ।

फोर्टनाइटका विश्वभर २५ करोड यूजरहरु रहेका छन् । फोर्टनाइट निशुल्क खेल्न सकिने अनलाइन तथा मोबाइल गेम हो तर यसमा हुने इन गेम आइटमहरु भने अनलाइन किन्नुपर्ने हुन्छ, जसमार्फत कम्पनीले करोडौं डलर कमाउने गर्दछ ।

अनुसन्धानकर्ताहरुले यो वर्ष विश्वभर ईस्पोर्टका अडियन्सहरु वृद्धि हुँदै ४५ करोड भन्दा बढि हुने प्रक्षेपण गरेका छन् । एजेन्सी

easy care

प्रकाशित: १३ श्रावण २०७६, सोमबार