गोजीमा हालेर हिँड्न मिल्ने एयर कण्डिशनर सोनीले बनायो, २ घण्टा चार्जमा दिनभर प्रयोग गर्न सकिने

Technology Khabar ११ श्रावण २०७६, शनिबार

गोजीमा हालेर हिँड्न मिल्ने एयर कण्डिशनर सोनीले बनायो, २ घण्टा चार्जमा दिनभर प्रयोग गर्न सकिने
NTC_Advt

काठमाडौं । जापानी इलेक्ट्रोनिक्स कम्पनी सोनीले गोजीमा बोक्न मिल्ने किसिमको सानो एयर कन्डिशनर बनाएको छ । यो सानो एसी गोजीमा बोकेर हिँडन सकिन्छ ।

मोबाइल फोन भन्दा पनि सानो यो एसी शर्ट वा टिशर्टमा फिट गरेर प्रयोग गर्न सकिन्छ । कम्पनीले यो सानो एसीको नाम रेओन पकेट (Reon Pocket) राखेको छ । प्रयोगकर्तालाई २४ सै घण्टा चिसो वा तातो पार्ने सुविधा उपलब्ध गराउन्छ ।

कम्पनीकाअनुसार यूजरले यसलाई घाँटीको तल्लो भागमा राखेर प्रयोग गर्न सक्नेछन् । यसको लागि विशेष किसिमको ब्याग बनाईएको छ र यो ब्याक पनि फरक फरक साइजमा उपलब्ध रहेको छ ।

यो पकेट एसीलाई कम्पनीले एउटा विशेष अण्डरशर्टका साथ प्रयोग गर्नेगरि ल्याएको छ भने सो अण्डरशर्टलाई सो एसीका साथमा बिक्री गरिनेछ ।

थर्मोइलेक्ट्रिक पेल्टियर एलिमेन्टद्धारा निर्माण गरिएको यो एसीले तिब्र गतिमा चिसो तथा तातो बनाउन सक्छ । यो एलिमेन्टको प्रयोग कार कूलर तथा वाइन कूलर्समा प्रयोग हुने गर्दछ र यसको लागि न्यून पावरको उपयोग हुन्छ ।

यो एसीको तापक्रमलाई स्मार्टफोनको माध्यमबाट नियन्त्रण गर्न सकिन्छ भने यसमा राखिएको प्रविधिले यसले आफैं उपयुक्त तापक्रम सेट गर्न सक्दछ ।

रेओन पकेट एसीमा लिथियम आयन ब्याट्री राखिएको छ जसले २ घण्टाको चार्जमा दिनभर प्रयोग गर्न सकिन्छ । यो एसी ब्लूटूटथ ५.० एलई कनेक्टेड फोनमार्फत मात्र प्रयोग गर्न सकिन्छ । यसको तौल केबल ८५ ग्राम छ ।

सोनीले यो एसी क्राउडफण्डिंग प्रोजेक्टअन्तरगत तयार पारेको हो जसको लागि केबल २ दिनमा नै २ लाख अमेरिकी डलर संकलन भएको थियो ।

यो मोबाइल भन्दा पनि सानो रेओन पकेट एसीको मूल्य भने केबल १३० डलर मात्र तोकिएको छ । हाल जापानमा मात्र बिक्री गरिने यो एसीको उद्धेश्य पुरा भएमा मात्र पूर्णरुपमा बजारमा आउने बताईएको छ ।एजेन्सी

प्रकाशित: ११ श्रावण २०७६, शनिबार