भीभोको भी सिरिजका भी१७ प्रो र भी१७ अक्टोबरमा लन्च, पप-अप सेल्फी ड्यूल क्यामरा सेटअप हुने

Technology Khabar १० श्रावण २०७६, शुक्रबार

भीभोको भी सिरिजका भी१७ प्रो र भी१७ अक्टोबरमा लन्च, पप-अप सेल्फी ड्यूल क्यामरा सेटअप हुने
Classic Tech

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर कम्पनी भीभोले आफ्नो पछिल्लो भी सिरिजमा फ्ल्यागशिप फोन भी १५ प्रोमार्फत बजारमा पप अप क्यामराको ट्रेण्ड शुरु गरेको थियो । जसमार्फत कम्पनीले निकै राम्रो प्रतिकृया पायो भने पप-अप क्यामराको ट्रेण्डलाई लोकप्रिय समेत बनायो ।

नेपाली बजारमा एस सिरिज लन्च गर्ने तयारी गरीरहेको भीभोले केहि दिनमा नै एस वान स्मार्टफोन बजारमा ल्याउँदैछ । तर यहि बीचमा भीभोको भी सिरिजका दुई फ्ल्यागशिप फोनहरु ल्याउने तयारी शुरु गरेको छ ।

कम्पनीले भी सिरिजमा भी १७ र भी १७ प्रो (Vivo V17 and Vivo V17 Pro) लाइनअपमा काम गरिरहेको बताईएको छ जसले हालको भीभो भी १५ लाइनअपलाई प्रतिस्थापन गर्नेछ । छिमेकी मुलुक भारतमा भने भी सिरिजको भी १५ र भी १५ प्रो अब बिक्री रोकिने रिपोर्टहरु आएका छन् ।

भीभोका भी सिरिजमा आउने नयाँ स्मार्टफोनहरु भी १७ र भी १७ प्रो कहिले लन्च हुन्छ भन्ने स्पष्ट छैन तर पनि भारतीय बजारमा आउँदो तिहार अर्थात अक्टोबर महिना पारेर लन्च गरिने रिपोर्टहरु बाहिर आएका छन् ।

भीभाको नयाँ सिरिजमा पप अप क्यामरा फीचर हुनेछ भने थप नयाँ त्यसमा ड्यूल क्यामरा सेटिंग हुनसक्ने बताईएको छ । तर यसको रियर क्यामरा फीचरको बारेमा भने जानकारी आएको छैन् । यो सिरिजमा भी १७ प्रो मुख्य स्मार्टफोनको रुपमा आउनेछ भने भी १७ रेगूलर स्मार्टफोन हुनेछ ।

भीभो सिरिजमा आउने भी १७ प्रो र भी १७ बाहेक भीभो भी १७नियो भनिने स्मार्टफोन पनि लन्च हुने रिपोर्टमा उल्लेख छ । भी १७नियोमा हालो नोचका साथमा अल स्क्रीन डिस्प्ले हुनेछ भने मिडियाटेकको हेलियो पी६५ चीपसेटका साथमा ४जीबी र्याम राखिनसक्नेछ । त्यस्तै एन्ड्रोयड ९ पाईमा आधारित फनटच ओएसमा संचालन हुनेछ ।

स्रोत

प्रकाशित: १० श्रावण २०७६, शुक्रबार

Comments are closed.

Loading...