Technology Khabar १० श्रावण २०७६, शुक्रबार
काठमाडौं ।
काठमाडौं । टेक कम्पनी एप्पल इंकले आफ्नै चीपसेट विकास गर्ने उद्धेश्यका साथ इन्टेल कर्पको मोडल बिजनेस खरिद गरेकोछ ।
कम्पनीले आफ्ना आइफोनहरुका लागि आवश्यक पर्ने चीप आपूर्तिको लागि इन्टेल कर्पको मोडेम बिजनेसको बहुमत शेयर १ बिलियन अमेरिकी डलरमा खरिद गरेको छ ।
सो खरिद निर्णयअन्तरगत इन्टेलका करिब २२ सय कर्मचारीहरुले एप्पलमा आबद्ध हुनेछ भने यसको सम्पुर्ण बौद्धिक सम्पत्तिको अधिकार, उपकरणहरु तथा लीजपनि हासिल गर्नेछ ।
अहिलेको एप्पलको १७ हजार वायरलेस टेक्नोलोजी पेटेन्ट छन जसमा सेलुलर कम्यूनिकेसन स्ट्याण्डर्डदेखि मोडेमसम्म पर्दछ । नयाँ खरिद सम्झौताले एप्पललाई ग्लोबल लाइसेन्सको क्षेत्रमा थप शक्तिशाली बनाएको छ ।
यो सम्झौतापछि पनि इन्टेलले नन स्मार्टफोन एप्लिकेसनको लागि आवश्यक पर्ने मोडेमहरुको विकास गरिनै रहेनछ, जसमा पर्सनल कम्यूटर, इन्डष्ट्रिय इक्यूपमेन्ट र सेल्फ ड्राइभिंग कारहरु रहेका छन् ।
मोडेम चीपमार्फत डिभाइसहरु कनेक्न हुन्छन जस्तै आइफोनबाट वायरलेस डाटा नेटवर्कमा कनेक्सन हुने । तर एप्पलले यो पार्टको लागि जहिलेपनि अन्य आपूर्तिकर्ताहरुसँग भर पर्नुपर्ने बाध्यता रहेको थियो ।
इन्टेल कयौं वर्षदेखि आइफोन मोडेम चीप्सको लागि एक मात्र स्रोत कम्पनीको रुपमा रहँदै आएको थियो । यसअघि एप्पल र कम्पनीको मोडेम आपूर्तिकर्ता क्वालकमबिच बिबाद आएको थियो । एजेन्सी
प्रकाशित: १० श्रावण २०७६, शुक्रबार