नेपाल टेलिकमलाई ‘नेसनल वेस्ट प्रिजेन्टेड अनुअल रिपोर्ट’ अवार्डको रनर अप उपाधि

Technology Khabar ९ श्रावण २०७६, बिहीबार

नेपाल टेलिकमलाई ‘नेसनल वेस्ट प्रिजेन्टेड अनुअल रिपोर्ट’ अवार्डको रनर अप उपाधि

काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरणहरु प्रस्तुतिकरण सम्बन्धी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले वार्षिक रुपमा प्रदान गर्ने नेसनल बेस्ट प्रिजेन्टेड अनुअल रिपोर्ट अवार्ड National Best Presented Annual Report Award – BPA मा रनर अपको उपाधि जित्न सफल भएको छ । विभिन्न विधामध्ये कम्पनीले सामान्य क्षेत्र वर्ग ५ को सेवा क्षेत्रमा सो उपाधि हासिल गर्न सफल भएको हो ।

गएको मंगलबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई सो अवार्ड प्रदान गरे ।

नेपाल टेलिकमले यो भन्दा पहिले आर्थिक वर्ष २०६६/६७, २०६७/६८ र २०६८/६९ तथा २०७१/७२ मा समेत विभिन्न विधामा सो अवार्ड प्राप्त गरिसकेको छ ।

टेलिकमले नेपालमै पहिलो पटक आर्थिक वर्ष २०७१/७२ देखि नै नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) अनुसार आफ्नो वार्षिक वित्तीय विवरणहरु प्रस्तुत गर्दै आएको जनाएको छ ।

TK Viber

प्रकाशित: ९ श्रावण २०७६, बिहीबार

Loading...