ललितपुर महानगरपालिकामा नबिल बैंकको ए.टि.एम सञ्चालन

Technology Khabar ९ श्रावण २०७६, बिहीबार

ललितपुर महानगरपालिकामा नबिल बैंकको ए.टि.एम सञ्चालन
Classic Tech
Nepal Telecom

काठमाडौं । स्थानीय बासिन्दाहरुको सुविधाको लागि नबिल बैंकले ललितपुर महानगरपालिकामा परिसरमा एक एटिएम जडान गरी सेवा प्रारम्भ गरेको छ ।

नबिल बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्याल तथा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उक्त एटिएमको उद्घाटन संंयुक्त रुपमा गरे ।

यससंगै बैंकको एटिएम संजाल काठमाडौं उपत्यका भित्र ७० वटा र उपत्यका बाहिर ६८ वटा गरि कुल संख्या १३८ पुगेको छ । भिषा कार्ड, माष्टर कार्ड, युनियन पे कार्ड र एससिटि (स्थानीय तथा अन्तर्राष्ट्रिय) कुनै पनि कार्ड बाहकहरूले उक्त एटिएमहरुबँट नगद झिक्ने तथा अन्य सुविधाहरु उपभोग गर्न सक्नेछन् ।

नबिल बैंकले ७९ वटा शाखाहरु, १३८ वटा एटिएमहरुमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।

TK Viber

प्रकाशित: ९ श्रावण २०७६, बिहीबार

Loading...